Logo

पाल्पा महोत्सवमा ६१ लाख बचत

पाल्पा महोत्सवमा ६१ लाख बचत पाल्पा महोत्सवमा ६१ लाख बचत कारोबार समाचारदातापाल्पा, १२ जेठ पाल्पा उद्योग वाणिज्य संघद्वारा आयोजित पाल्पा महोत्सव–०७४ को आय–व्यय सार्वजनिक गरेको छ ।  महोत्सवबाट १ करोड ३८ लाख ४८ हजार आम्दानी भएकोमा ७७ लाख ४० हजार खर्च भई ६१ लाख ७हजार बचत भएको संघका अध्यक्ष एवं मेला महोत्सव आयोजक समितिका संयोजक मोहनप्रसाद श्रेष्ठले जानकारी दिए । महोत्सवमा स्टल व्यवस्थापनबाट ७ लाख ५४ हजार, टिकट बिक्रीबाट  ३८ लाख ७ हजार, बालउद्यानबाट १० लाख, ब्यानरबाट १ लाख ४० हजार रुपैयाँलगायतका शीर्षकमा आम्दानी गरेको हो ।महोत्सवको आय–व्यय सार्वजनिक कार्यक्रममा विभिन्न महानुभावहरूको सहभागिता थियो । महोत्सव फागनु ३ देखि १३ सम्म तानसेन टुंडिखेल मैदानमा भएको थियो । महोत्सवको आम्दानी संघको भवन निर्माण, पर्यटन प्रवद्र्धन, सचिवालय व्यवस्थापन, सांस्कृतिक संरक्षण आदिमा खर्चेने संघको योजना छ । 

प्रतिक्रिया दिनुहोस्