फेरी मिसाइल परिक्षण गर्दै उत्तर कोरिया

उत्तर कोरियाले फेरी ब्यालिस्टिक मिसाइल परिक्षण गर्न लागेको संकेत मिलेको जापानले जनाएको छ ।
जापानलाई केही रेडियो संकेत मिलेको र यसको आधारमा उत्तर कोरियाले फेरी ब्यालिस्टिक मिसाइल परिक्षण गर्न लागेको बताइएको जापानको सरकारी सुत्रले मंगलबार जनाएको छ । यद्यपि यो संकेत साधारण नभएको र भूउपग्रहको दृश्य पनि नमिलेको बताइएको छ ।
अप्रिलदेखि १ देखि ३ मिसाइल परिक्षणपछि सेप्टेम्बरमा आएर उत्तर कोरियाले मिसाइलको परिक्षण रोकेको थियो । प्योङयाङले हानेको रकेट जापानको उत्तरी होकाइडो टापुको माथि भएर गएको थियो ।
जापानी समाचार संस्था क्योदोका अनुसार रेडियो संकेत मिले लगत्तै जापान सरकार अलर्ट भएको छ । यो रेडियो संकेतका अनुसार उत्तर कोरियाले छिट्टैनै मिसाइल लन्च गर्ने तयारी गरिरहेको छ ।
दक्षिण कोरियाली समाचार संस्थाका अनुसार पनि दक्षिण कोरियाको सरकारी सुत्रलाई उद्र्धृत गर्दै अमेरिका, दक्षिण कोरिया र जापानलाई पनि मिसाइल लन्चको संकेत मिलेको जनाएको छ ।