ओप्पोलाई इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर प्याटेन्ट «

ओप्पोलाई इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर प्याटेन्ट

ओप्पोलाई इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरका लागि प्याटेन्ट प्रदान गरिएको छ । द स्टेट इन्टेलेक्चुअल प्रोपर्टी अफिस अफ चाइना (एसआईपीओ)ले कम्पनीलाई उक्त प्याटेन्ट प्रदान गरेको हो । प्याटेन्ट फाइलिङका दौरान देखापरेका तस्बिर नियाल्दा स्क्यानरले फोनको तल्लो बेजलभन्दा माथि ठूलै स्थान ओगट्ने देखिन्छ । कम्पनीका अनुसार तस्बिर नियाल्दा फिजिकल होम बटनसहितको फोन स्क्रिनमा यसको प्रयोग गरिएको देखिन्छ । तर, भविष्यमा वास्तवमै सार्वजनिक हुँदा भने यसमा ब्यापक परिमार्जन हुने सम्भावना प्रबल छ ।
स्क्यानरको प्रयोग उपकरण अनलकका लागि मात्र नभई भुक्तानी प्राधिकरणका लागि समेत उपयोग हुने देखिन्छ भन्दै कम्पनीले प्याटेन्टमा फिंगरप्रिन्ट राख्ने क्रम र औंलाको कुन भागको पहिचान हुने पनि जनाएको छ । यसका आधारमा ओप्पोको नयाँ प्रविधि स्न्यापटिक्सद्वारा विकसित (ओएलईडी प्यानल मुनि प्रकाश फालेर फिंगरप्रिन्ट क्रेज पढ्ने) प्रविधिभन्दा फरक हुनेछ । “ओप्पोमा हामी हाम्रा उपभोक्ताहरूका लागि नौला तथा नवप्रवर्तनात्मक प्रविधि विकासका लागि निरन्तर आरएन्ड डी प्रक्रियामा खटिरहेका हुन्छौँ,” ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने । उनका अनुसार इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर प्याटेन्ट पनि कम्पनीको वषौंको आरएन्ड डीको उपज हो ।

 

प्रतिक्रिया दिनुहोस्