भैरहवामा फोर्ड फ्रिस्टाइल «

भैरहवामा फोर्ड फ्रिस्टाइल

विश्वविख्यात कार कम्पनी फोर्डको नयाँ कार फोर्ड फ्रिस्टाइल कारको बिक्री तथा प्रवद्र्धन भैरहवामा पनि सुरु भएको छ । भैरहवा क्षेत्रको फोर्डकारको अधिकृत विक्रेता गो फोर्ड अवन्ति अटोमोबाइल्सले बिक्री तथा प्रवद्र्धन सुरु गरेको हो । बिभिन्न रंगमा उपलब्ध कारहरूको सुरुवाती मूल्य २६ लाख ९९ हजारदेखि ३५ लाख ९९ हजार रुपैयाँ रहेको अवन्तिका अटोमोबाइल्सका प्रबन्ध निर्देशक पवन अग्रवालले बताए ।
१२ सय सीसी क्षमताको पेट्रोल इन्जिन र १५ सय सीसी क्षमताको डिजल इन्जिनमा उपलब्ध कारमा ६ वटा एयर ब्याग, ७ इन्चको टचस्क्रिन डिस्प्ले, रिभर्स पार्किङ क्यामेरा, १९० मिमि ग्राउन्ड क्लियरेन्स लगायतका विशेषता कारमा रहेको र लचिङ (बिक्री तथा प्रवद्र्धन सुरुवात) का दिन ३ वटा कार बुकिङ भएको छ ।
कारको नगद खरिदमा २५ हजार रुपैयाँ छुट र ३० हजार मूल्य बराबरको एसेसरीजहरू समेत उपलब्ध गराएको र यो सीमित अबधिका लागि भएको जनाएको छ । सानु डिपार्टमेन्टल स्टोरको पार्किङ क्षेत्रमा भएको बिक्री तथा प्रवद्र्धन कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमसमेत आयोजना भएको थियो ।
बिक्री तथा प्रवद्र्धनसँगै एक्सचेन्ज अफरसमेत उपलब्ध रहेको निर्देशक बरुण अग्रवालले बताए । त्यस्तै टेस्ट ड्राइभसमेत गर्न सकिने र यसमा सहभागी हुनेलाई गिफ्ट हयाम्परको व्यवस्था अवन्तिका अटोले गरेको छ । निर्देशक बरुणका अनुसार भैरहवामा फोर्डको फ्लीट फोर्ड ईको स्पोर्ट, फोर्ड फिगो, फोर्ड एसपाएर, फोर्ड रेञ्जर र फोर्ड इन्डेभोअर मोडलमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्