माछा मिठो मलेखुको

काठमाडौंबाट ७० किलोमिटरको दूरीमा रहेको मलेखु बजार माछा बजारको उपनामले समेत चिनिन्छ । मलेखु बजार राजधानी जोड्ने मुख्य मार्ग पृथ्वी राजमार्गमा पर्छ । त्यसकारण पनि निजी सवारीसाधनमा राजधानी भित्रिने र बाहिरिनेहरूको विश्राम स्थल बनेको छ मलेखु । खासगरी माछा पारखीको गन्तव्य नै बनेको छ यो ।
मनकामना, पोखरा, बन्दीपुर जाने–आउने पर्यटकसहित काम विषेशले मलेखु भएर निजी सवारी साधनमा सवारी गर्ने युवा, वयस्क र वृद्धवृद्धासमेत मलेखुको माछा र चप नचाखेको सायद कमै होलान भन्छन् होटल सञ्चालकहरू । सानो र सफा बजारमा आनन्दसँग थकान मेट्न र आपसमा भलाकुसारी गर्न पाउँछन् पर्यटकले । होटल सञ्चालकहरू आफंै घरमालिक भएकाले पनि दिगोे व्यवसाय सञ्चालन गरेको र पारिवारिक वातावरणमा सेवा तथा वस्तु कम मुनाफामा बेच्दै आएको होटल सञ्चालकहरू बताउँछन् ।
२०३५ सालबाट सुरु भएको व्यावसाय अहिले तेश्रो पुस्ताले जिम्मा लिने बेला भइसक्यो । छोटो समयमा धेरै मुनाफा कमाउनु भन्दा पनि दिगो रूपमा ग्राहकलाई सेवा र वस्तु बेच्ने गरी लागेको बताउँछन् होटल सञ्चालक रमेश सेढाईं ।
“हाम्रो व्यापार ३ सय ६५ दिन नै हुन्छ । तर जाडो महिना र बिदाको दिन विषेश गरेर व्यापार हुने दिन हो । काठमाडांैमा उकुसमुकुस भएका युवाहरू, रोजगारमा संलग्न परिवार र विद्याथीहरू मनकामना दर्शन गर्न जाने बाटो भएकाले शनिबार त फुर्सद नै पाइँदैन,” सेढाईं भन्छन्, “बिहान ४ बजेदेखि राति ११ बजेसम्म काम गर्छौं । आफैंले सेवा गर्दा पारिवारिक वातावरण हुने भएकाले धेरै कर्मचारी राख्दैनौं । ग्राहकसँग आफूहरू नै घुलमिल हुने हुँदा ग्राहक पुनः आउँछन् ।”
यहाँ होटलहरूबीच ग्राहक तान्ने होडबाजी पनि चल्दैन । होटल सञ्चालकहरूको प्रतिस्पर्धा सरसफाइ र मिठो स्वाद बनाउनमा मात्र हुन्छ । त्यस कारण पनि कूटनीतिक नियोग, सरकारी र निजी गाडी लिएर माछा–चप खान मलेखु आउने थुप्रै हुन्छन् । फिल्म सुटिङका लागि पुग्ने पनि उत्तिकै हुन्छन् ।
त्रिशूलीदेखि चितवनसम्मका माछा
मलेखु बजारमा मलेखु खोला, त्रिशूली नदी, स्थानीय पोखरी र चितवनबाट ल्याइएका माछा पाइन्छन् । सुरुका दिनहरूमा मलेखु खोला र त्रिशुली नदीको मात्र माछा पाइने यो बजारमा २०५० साल साउन ४ गते मलेखु खोलामा गएको बाढीका कारण खोलाको ढड्यानहरू बगाएपछि माछा बस्ने कुरहरू भत्किए । त्यसपछि तराई क्षेत्रका माछाले प्रवेश पाए । अहिले मलेखुमा असला, कत्ले, झिंगे, वामसहितका माछा उपलब्ध छन् ।
यस्ता बन्छन् परिकार
तेलमा तारेको (फ्राइड माछा) माछा सबैले मन पराउँछन् । माछामा काँडा हुने भएका कारण पनि धेरैले तारेको मन पराउँछन् । जाडो समयमा आलो माछामा झोल हालेर खान मन पराउने पनि धेरै हुन्छन् । खाना खानेहरूले त झोल हालेर नै बनाउन लगाउँछन् । अधिकंशले आफूले खाएपछि परिवारका लागि समेत फ्राइ गरेको, आलो, सुकाएको माछा घर लान्छन् ।

आलु चप
माछासँगै खाने अर्को परिकार आलु चप मधुमेह भएका बाहेक सबैले मन पराउने परिकार हो । आलु उसिनेर जिरा, धनियाँ, नुन खुर्सानी, प्याज मोलेर सानो ढ्याक आकार बनाई बेसनको लेदोमा चोपेर तेलमा बनाइन्छ आलु चप । तातो खाँदा छुट्टै स्वाद भएकाले सबैले मन पराउँछन् । सबै माछा पसलमा आलुचप बनाइन्छ । माछाको स्वाद लिनुपूर्व तातोतातो आलु चपको स्वादसँग आन्तरिक तथा विदेशी पर्यटकहरू गफिरहेका हुन्छन् ।
जसले मलेखुलाई देशविदेशमा चिनाए
बजारको ५०० मिटर पर घरको एउटा कोठामा केश सेतै भएका, हृष्टपुष्ट, जोशिला, अनुभवले खारिएका र अझपनि केही गरुँला जस्ता ७५ वर्षीय छविलाल मरहठ्ठा बस्छन् । उनै मरहठ्ठाले मलेखु बजारलाई देशविदेशमा माछा बजारको उपमाले चिनाए । स्थानीय मलेखु खोलाको आधा केजी माछा र १ केजी आलुबाट सुरु गरेको व्यवसायले आज मलेखु बजार र देश विदेशमा प्रसिद्ध छ । उनलाई लागेको थिएन कि आफूले गरेको व्यवसायले यति ठूलो रूप लेला भनेर । उनले बर्माबाट आएर मलेखुमा व्यवसाय सुरु गरेका थिए ।
बर्मामा जन्मिएका मरहठ्ठाले वंगाली भाषामा ‘वैगुन भर्ती आलु चोखा’ भनी आफूले शुरु गरेको माछा–चपको कहानी बताए । “२०३५ फागुनमा मलेखु आएर चिया पसल सुरु गरेको थिएँ । एक दिन एक जना चेपाङले त्रिशुली नदीमा जालमा पारेको माछा बेच्न ल्यायो । त्यही माछा तारेर बेच्न शुरु गरें । पहिलो दिनमै आधा केजी माछा बिक्यो । भोलिपल्टबाट चेपाङलाई आग्रह गरेर माछा मार्न पठाउन थालें । माछा तारेर र सिलमा सुकाएर बेच्न थालें । माछासँगै कस्तो नास्ता बेच्ने होला भनी चिन्ता लाग्न थाल्यो । एक पटक भोटाहिटीमा पेडा देखेको थिएँ । त्यसकै आधारमा पहिलो दिन आधा केजी आलु उसिनेर आलु चप बनाएँ । त्यो पनि सकियो । पछि व्यापार हुन्छ भन्ने लागेर काठमाडांैबाट हरियो प्याज र खुसार्नी ल्याउने व्यवस्था मिलाएँ । त्यति बेला अहिलेजस्तो धेरै मोटर हुँदैनथियो । दूध बोक्ने गाडी ड्राइभरलाई केही पैसा दिएर खुर्सानी र प्याज ल्याउने व्यवस्था दरिलो बनाएँ । पोखरा–काठमाडांै भर्खर बाटो खुलेको थियो । ८ वटा गाडी चल्थे । केही समयपछि भैरहवा–काठमाडांै पनि बाटो खुल्यो । विस्तारै गाडीको संख्या र यात्रुहरू बढ्दै गए । म पनि व्यापारमा निपूर्ण हँुदै गएँ । त्यतिबेला मैले ५० पैसा प्रतिगोटा बेचेको चप र ५ रुपयाँ प्रति प्लेट बेचेको माछा अहिले १० रुपयाँ प्रतिगोटा चप र १ सय ६० रुपैयाँ प्रतिप्लेट माछा बेचिरहेका छन् ।”
राजदरबारका सदस्य समेतले आफूबाट माछा किनेको र सूर्यबहादुर थापाले समेत शर्मा होटलको नाम लिएर माछा किन्न आएको उनले सम्झिए । आफूले माछा र आलु चप बेच्न थालेपछि अरुले पनि सिकेर व्यापार गर्न थालेको उनले सुनाए । “विस्तारै पसल र ग्राहक थपिँदै गए । एकै दिनमा तारेको र सुकाएको गरी १७ किलो माछा र ५ किलो आलुको चप बेच्दा आफैं दंग परें । स्थानीय खोलाको माछाले नपुगेपछि उदयपुरबाट समेत माछा झिकाउन थालें,” उनले भने । अहिले मलेखुमा १५ क्विटल माछा र १ क्विन्टल आलुको चप दिनहुँ व्याापार हुने अनुमान व्यवसायीको छ । करिब १ सय होटलहरू माछा र चपमात्र बेच्छन् ।
यो व्यवसायले मलेखुको पहिचान र आर्थिक समृृद्धिमा सहयोग पुगेकोमा स्थानीय सन्तुष्ट छन् । अहिले त माछा–चप मलेखुको संस्कृति बनेको छ भन्छन् टिकादत्त त्रिपाठी ।
बाबुको व्यावसायिक ज्ञानबाट सिकेर छोराहरूले पनि सुधारेर होटल नै सञ्चालन गरेका छन् । जेठा छोरा तुलसीले २०४८ सालबाट पर्यटकलाई लक्षित गरी मलेखुमै होटल हिलटप सञ्चालन गरिरहेका छन् । अर्का छोरा रामजीले पनि २०५४ सालबाट पर्यटकलाई लक्षित गरी बैरेनीको मासटारमा ह्यामलेट रिसोर्ट सञ्चालन गर्दै आएका छन् । तत्कालिन अवस्थामा शुरु गरेको सामान्य होटलबाट छोराहरूले विदेशी र नेपाली विशिष्ट व्यक्तिहरूलाई खाजा खाना बेचेर सेवा गरेकोमा हर्षित छन् उनी ।
चप

राजेन्द्र बस्नेत