पोखरामा पनि प्रालिबाट यातायात सेवा सुरु «

पोखरामा पनि प्रालिबाट यातायात सेवा सुरु

सरकारले यातायात समितिहरूलाई खारेज गरी प्रालिबाट सेवा सञ्चालन गर्न दिएको निर्देशनअनुसार पोखरामा पनि यसको सुरुवात भएको छ । गण्डकी यातायात व्यवस्था कार्यालय पोखरामा हालै साथी यातायात प्रालिले पोखरा क्षेत्रबाट यातायात सेवा दिने गरी दर्ता गरेको छ ।
सरकारको निर्देशनअनुसार पोखरामा साथी यातायात प्रालिले पहिलो पटक प्रालिमार्फत कार्यालयमा दर्ता गरी सेवा शुभारम्भ गरेको गण्डकी यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख अच्यूत रेग्मीले बताए । प्रालिले पोखरा काठमाडौं, पोखरा काँकरभिट्टा रुटमा हाल ५ वटा बसबाट सेवा सुरु गरेको बताइएको छ । प्रालिका सञ्चालकमा डिलबहादुर तुलाधर रहेका छन् । उनले यसअघि पृथ्वीराजमार्ग बस सञ्चालक समितिमार्फत बसहरू सञ्चालन गरेका थिए ।
यातायात विभागबाटै दर्ता भई पोखरामा सृष्टि यातायातले पोखरादेखि भारतको राजधानी नयाँ दिल्लीसम्म सेवा सुरु गरेको छ । सरकारले यातायात समिति खारेज गरी प्रालिबाट गाडीहरू सञ्चालनको निर्देशन दिएसँगै आफूले प्रालिबाटै दिल्ली पोखराको सीधा बस सेवा सञ्चालन गरेको निर्देशक कृष्णप्रसाद पौडेलले बताए 

प्रतिक्रिया दिनुहोस्