प्रभु बैंकको वित्तीय विवरण पारित «

प्रभु बैंकको वित्तीय विवरण पारित

प्रभु बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बैंकको प्रधान कार्यालय बबरमहलमा सम्पन्न उक्त वार्षिक साधारणसभाबाट सञ्चालक समितिको प्रतिवेदनसहित गत आव ०७३/७४ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित भएको छ । साथै, बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आव २०७३/७४ को एकीकृत वित्तीय विवरण पनि पारित गरको छ ।
बैंकको १६ औं वार्षिक साधारणसभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरू पारित गर्दै बैंकले डिवेञ्चर तथा वण्ड जारी गर्न सक्ने, सार्वजनिक निष्कासन गरिएका धितोपत्रहरू निष्कासन हुँदाका बखत लगानतीकर्ताबाट दरखास्त संकलन गर्ने, कम्तीमा १ जना महिला सञ्चालक रहने व्यवस्था मिलाउनका लागि बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।
अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिदसम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याँकन गर्न मान्यताप्राप्त मूल्यांकनकर्ता नियुक्ति गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरू एक्विजिसन (प्राप्ति) तथा खरिदसम्बन्धी समझदारी पत्र तर्जुमा गरी सोसम्बन्धी प्रक्रिया सम्बन्धी अगाडि बढाउनेसम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।
सञ्चालक समितको निर्णयबमोजिम रिक्त सञ्चालक पदमा नियुक्त भएका सञ्चालकहरू शंकरप्रसाद कालिकोटा र अन्जु अधिकारीको नियुक्तिलाई अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्