सिभिल बैंकको हकप्रद सेयर लिलाममा अधिक आवेदन «

सिभिल बैंकको हकप्रद सेयर लिलाममा अधिक आवेदन

सिभिल बैंकको हकप्रद सेयर लिलाममा अधिक आवेदन
काठमाडौं, १० जेठ (कास) ः सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको चुक्तापुँजी ८ अर्ब पु¥याउन बुझाएको पुँजी योजना बमोजिम, २५ प्रतिशत हकप्रद सेयर वितरण गर्न बैंकले सेयर बिक्री प्रबन्धका लागि लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको थियो । जसमध्ये संस्थापक समूहको आवेदन नपरेको २९,९२,२१०.२५ कित्ता हकप्रद सेयर बिक्रीका लागि जेठ ९ गतेसम्म शिलबन्दी बोलपत्र माग गरिएकोमा, कर्मचारी सञ्चयकोष र राष्ट्रिय बिमा कम्पनीको आवेदन परेको बैंकले जनाएको छ । कुल ३२,२५,६२० कित्ता सेयरका लागि आवेदन परेकोमा अधिकतम बोली १ सय ५० र न्यूनतम बोली १०० रुपैयाँ परेको छ ।
यससँगै बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३ सय ६२ पुग्ने कुरा बैंकले बताएको छ । आ.व. २०७४÷७५ को चैत मसान्तसम्म २००,००० भन्दा बढी ग्राहक रहेको, करिब रु.३७ अर्बको निक्षेप परिचालन गरी करिब ३६ अर्ब रुपैयाँभन्दा बढीको कर्जा लगानी गर्नुका साथै ३५ करोड रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको सिभिल बैंकको कुल शाखा संख्या ६१ पुगेकोे पनि बैंकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्