बूढानीलकण्ठ सेञ्चुरी कमर्सियल बैंककोे शाखा «

बूढानीलकण्ठ सेञ्चुरी कमर्सियल बैंककोे शाखा

सेञ्चुरी कमर्सियल बैंकको बूढानीलकण्ठको मण्डिखटार शाखा कार्यालयको औपचारिक उद्घाटन बिहीबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरे । साथै सोही दिन बैंकले आफ्नो सेवामा थप गर्दै बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रभित्र–१२ को वडा कार्यालमा एक्सटेन्सन् काउन्टर पनि सुचारु गरेको छ । बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा बसोबास गर्ने ग्राहकवर्गमा आफ्नो सेवा पुराउने उद्देश्य राखेको छ ।
उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, बूढानीलकण्ठ नपा–१२ का वडा अध्यक्ष शम्भुप्रसाद भट्टराई तथा बैंकका अन्य वरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्