शुक्रबारसम्म उत्तर कोरियाले परमाणु परिक्षण स्थल नष्ट गर्ने «

शुक्रबारसम्म उत्तर कोरियाले परमाणु परिक्षण स्थल नष्ट गर्ने

प्योङयाङ-उत्तर कोरियाले शुक्रबारसम्म आफ्नो परमाणु परिक्षण स्थल नष्ट गर्ने अडान कायमै राखेको छ । ट्रम्पले किमसँगको आफ्नो वार्तामा ढिलाई हुन सक्ने बताए बावजुद घोषणा अनुसारनै उत्तर कोरिया कारबाही गर्न अडिग रहेको छ । उत्तर कोरियाले बुधबारनै परमाणु स्थलको विनास हेर्नका लागि विदेशी पत्रकारलाई पनि बोलाएको छ ।
यदी मौषमले साथ दियो भने बुधबार तथा शुक्रबारबीचको अवधिमा यो परमाणु परिक्षण स्थल नष्ट गरिने बताइएइको छ । प्योङयाङले यसै महिनाको सुरुमा पूर्वीउत्तरी क्षेत्रमा रहेको पंगनी–रि नामक परमाणु परिक्षण स्थल पुरै नष्ट गर्ने घोषणा गरेको थियो । यो परिक्षण स्थ उत्तर कोरियाको ६ वटा स्थान मध्ये सर्वाधिक शक्तिशाली हो ।
उत्तर कोरियाको दावीका अनुसार यो स्थानमा हाइड्रोजन बमको परिक्षण गरिएको थियो । परमाणु स्थल नष्ट गर्ने उत्तर कोरियाली योजनालाई ट्रम्प र किमबीचको भेटघाटका लागि एक योजनाबद्ध सद्भावनाको संकेतको रुपमा हेरिएको छ । तर विगतका केही दिनदेखि ऐतिहासिक बैठकको विषयलाई लिएर उत्पन्न भएको शंकाका कारण यसको नष्ट हुनेप्रति समेत आशंका व्यक्त गरिदै आएको थियो ।
ट्रम्पले तीव्र दरमा निशस्त्रीकरण हेर्न चाहेका छन् । उनले यो आफ्नै कार्यकालमा पहिलो पटक भएको हेर्न चाहेका छन् । तर यो स्थितिमा उनले उत्तर कोरियालाई पनि समान तथा सुरक्षाको प्रत्याभूति दिनु आवश्यक छ । पर्यवेक्षेकले परिक्षण स्थलको नष्ट गरेको दृश्य नजिकैबाट देख्न चाहेको सोल स्थित उत्तर कोरियाली विश्वविद्यालयका प्राध्यापक कू का–वूले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्