सामसङले गर्यो छिटो चार्ज हुने ब्याट्रीको विकास «

सामसङले गर्यो छिटो चार्ज हुने ब्याट्रीको विकास

सामसङले हालको भन्दा पाँच गुणा छिटो चार्ज हुने ब्याट्रीको विकास गरेको जनाएको छ । क्षमता विस्तार र चार्जिङको समय बढाउने ग्राफेन प्रयोग गरिएको सामसङले जनाएको छ । यो प्रविधि प्रयोग गर्दा ब्याट्री चार्ज पाँच गुणा छिटो हुने पनि कम्पनीले जनाएको छ ।
सामसङ एड्भान्स्ड इन्स्टिच्युट अफ टेक्नोलोजीले ग्राफेन प्रयोग गरिएको ब्याट्री हाल बजारमा भएको ब्याट्रीको तुलनामा ४५ प्रतिशत बढी क्षमता भएको हुने जनाएको छ ।
ग्राफेन एक प्रकारको कार्बन हो । यो ब्याट्रीमा प्रयोग हुने आदर्श साधन हो । यसले विद्युत्लाई सिलिकनको तुलनामा १ सय ४० गुणा छिटो प्रवाह गर्छ ।
‘ग्राफेन बल्स’ प्रयोग भएको ब्याट्री १२ मिनेटमै पूरा चार्ज हुन्छ । हाल प्रयोगमा रहेका ब्याट्री चार्ज हुन एक घण्टा लाग्छ । यो नयाँ ब्याट्री ६० डिग्री सेल्सियसमा पनि राम्रोसँग टिक्न सक्छ । यो नयाँ ब्याट्रीलाई विद्युतीय सवारी साधनमा पनि प्रयोग गर्न सकिन्छ ।
यो नयाँ अनुसन्धान नेचर कम्युनिकेसनमा पोस्ट गरिएको छ । ‘ग्राफेन बल्स फर लिथियम चार्जेबल ब्याट्री विथ फास्ट चार्जिङ एन्ड हाई भोलुमेट्रिक इनर्जी डनसिटी’ नामक नेचर कम्युनिकेसनमा यो विषयको अनुसन्धान पोस्ट गरिएको छ ।
लिथियम–आयन ब्याट्रीको पहिलो पटक १९९१ मा व्यापारीकरण गरिएको थियो । यो प्रविधिको क्षमता र चार्जिङ स्पिडको मामिलामा सीमितता भएको औद्योगिक अवलोकनकर्ताहरूले बताएका थिए ।
पछिल्लो अनुसन्धानले विश्वव्यापी ब्याट्री उद्योगमा क्रमभंगताको अवस्था सिर्जना गर्ने विज्ञहरूले बताएका छन् ।
सामसङ एडभान्स्ड इन्स्टिच्युट अफ टेक्नोलोजीले यो नयाँ प्रविधिका लािग दक्षिण कोरिया र अमेरिकामा पेटेन्टका लागि आवेदन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्