धुलोधुवाँ पीडित काठमाडौं «

धुलोधुवाँ पीडित काठमाडौं

 धुलोबाट पीडित काठमाडौंबासीहरूले काठमाडौँलाई धुलोमाडौँ वा माक्समाडौँ भनेर नामकरण गरिसकेका छन् । बढ्दो तापक्रमसँगै काठमाडौँमा धुलोधुवाँ पनि बढ्दै गएको छ । अहिलेको चक्रपथ निर्माण कार्यले र मेलम्चीको खानेपानी ल्याउन पाइपलाइन गाड्ने कामले झन् काठमाडौँ साँच्चिकै माक्समाडौँ र धुलोमाडौँ भएको छ । सास फेर्न सकस भएको काठमाडौँ माक्स नलगाई बाहिर समेत निस्कन नसक्ने अवस्थामा पुगेको छ ।
नेपालको विभिन्न सहरको वायू प्रदुषणलाई आँकलन गर्दा खतराको स्थिति आइसकेको विज्ञहरु बताउँछन् । वायू प्रदुषक तत्वलाई खालि आँखाले सजिलै देखिन सकिँदैन । विश्वका हरेक मुलुकका सहरी बासिन्दाहरू वायु प्रदूषणबाट दिर्घकालिन असरमा परिसकेका छन् । डा. मनोज शाहका अनुसार प्रदूषणको असर तत्कालिन र दिर्घकालिन हुन्छ, यसको असर कुनै तत्कालिन देखिए पनि कुनै तीनचार वर्ष पछि देखिन्छ ।
सहरी क्षेत्रमा वायु प्रदूषणको मात्रा घरभित्र भन्दा पनि बाहिर बढी पाइन्छ । यातायातका साधनले धेरै मात्रामा वायु प्रदुषकहरू वायुमण्डलमा छोड्ने भएको वायु प्रदूषण बढी भएको पाइन्छ । हावामा स्वास्थ्यका लागि नभई नहुने अक्सिजनका साथसाथै स्वास्थ्यमा असर पार्ने विभिन्न किसिमका तत्वहरू रहेको हुन्छन् । जुन हानिकारक तत्वहरू हामीले स्वास फेर्दा शरीरभित्र जाने र शरीरलाई असर गर्ने गर्दछन् । धुलोका कणहरू गएर फोक्सोमा, रक्तसञ्चार प्रणालीका माध्यमबाट शरीरका अन्य भागमा पुगेर स्वास्थमा असर गर्ने गर्दछन् ।
घाँटी खसखस हुने, चिलाउने, खकार निकाल्न मन लागे पनि नआउन जस्तो समस्याहरू वायु प्रदूषणले गर्दा निम्त्याएका समस्याहरू हुन् । चिकित्सकका अनसार हावामा उडिरहने र तैरिरहने गाडीको धुवाँ र टायर तथा ब्रेक खिइएर निस्कने धुलो र प्रदूषणले दम खोकी बाहेक फोक्सोमा क्यान्सर, गर्भवती महिलालाई प्रभाव पारेर बच्चा समयभन्दा चाँडो जन्मने र कम तौल हुने, दम खोकीले फोक्सोमा र पछि गएर मुटु पनि फेल हुने स्थिति सिर्जना हुन्छ ।
प्रदूषणले एलर्जि गराउने पदार्थहरू श्वासप्रश्वास नलीमा संक्रमण, व्यायाम, आहार, सामाजिक आर्थिक स्थिति, धुम्रपान आदिसँग सम्भावित अन्तरक्रिया भइरहेको हुन्छ । दाउरा, फोहोर, कोइला, गाडीको धुलोधुवाँका कारण कार्वनडाईअक्साईड र कार्बोमोनोअक्साईड निस्किन्छ । काडमाडौँको आकाशमा उडेको धुलोको मुख्य कारण ढुंगा, बालुवा, सिमेन्ट, माटोजस्ता तत्व मिसीएर बनेको सडक, घर, मन्दिर आदिजस्ता भौतिक संरचना भत्काउँदा निस्किएको धुलो हो ।
काठमाडौंमा बस्ने मानिसहरूलाई धुलोधुवाँले नाक, घाँटी, आँखाको समस्मा पनि व्यापक रुपमा बढ्दै गएको छ । साथै छाला सम्बन्धि पनि विभिन्न समस्या निम्त्याएको छ । वर्तमान समयमा यस्तो समस्या काठमाडौँमा मात्र नभएर गाउँघरमा समेत देखिन थालेको छन् । ०७२ सालको भूकम्पको कारणले गर्दा ग्रामिण क्षेत्रमा पनि धेरै घरहरू, मन्दिर भत्केको कारणले ग्रामिण क्षेत्रका मानिसहरू पनि धुलोधुवाँबाट पीडित छन् ।
अव्यवस्थित उद्योग, कलकरखाना, सवारीसाधन सञ्चालन, क्षतिग्रस्त भौगोलिक संरचना र सडक मर्मतले गर्दा वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो । विनाशकारी भूकम्पपछि राजधानीलगायत मुलुकका शहरमा धुलोधुवाँको प्रकोप बढेकोे, मुलुकको मौलिकता जोगाउने पुरातात्विक, सास्कृतिक एवं पुरातात्विक महत्वका ऐतिहासिक सम्पदा नासिएको कारणले तथा फोहोरमैलाका कारण असाध्य रोगको प्रकोप बढ्ने खतरा उत्पन्न भएको हो ।
धुलो कम गर्न दैनिक कुचो लगाउने, सडकका किनार र खालि ठाउँमा वृक्षरोपण गर्ने, सडकमा पानी छर्कने, खनिएको स्थानमा घेरा लगाएर काम गर्ने जस्ता विकल्पहरू समेत लागू भएका छन् । तर पनि धुलोधुवाँलाई कम गर्न सकिएको छैन । उपत्यकावासीहरू आफ्नो स्वास्थप्रति सचेत हुदैछन् भने काठमाडौंमा माक्स व्यापारीहरूको व्यापार मौलाउँदै गएको पाइन्छ ।
स्वास्थका लागि हानिकारक धुलोधुवाँ भएको आँखाले देख्न नसकिने किटाणुहरूको संक्रमणबाट बच्न माक्सको प्रयोग नै सबैभन्दा उत्तम उपाय भएको छ । दैनिक बाहिर निस्किने बेला अनिवार्य रुपमा माक्सको प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सडकको पेटिमा हिँड्ने पैदल यात्रुहरू माक्सको प्रयोग नगरी हिँड्न नसक्ने अवस्था सिर्जना भएको छ ।
धुलोधुवाँले मानिसहरू स्वास्थका साथसाथै व्यापारमा पनि घाटा गरिरहेको छ । ३ वर्षमा लाखांैको व्यापार घाटा गराइसकेको कपडा व्यापारी कमला कार्कीले बताइन् । तर कमलाले अहिले कपडालाई बाहिरबाट प्लास्टिकले कभर गर्ने नया उपाय निकालेकी छिन् ।
यशोदा सुनुवार

प्रतिक्रिया दिनुहोस्