नदी दोहन गर्ने पक्राउ «

नदी दोहन गर्ने पक्राउ

अवैध तरिकाले प्राकृतिक स्रोतमाथि दोहन गर्नेमाथि प्रहरीले कारबाही थालेको छ । नियम मिचेर ढुंगा, गिटी, बालुवा उत्खनन् गर्नेलाई प्रहरीले कारबाही थालेको हो ।
स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् गर्दै गर्दा प्रहरीले दुई दिनमा ५ जनालाई पक्राउ गरेको छ । भिमाद नगरपालिका–५ मा अनधिकृत तरिकाले स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् गर्ने २ र भानु नगरपालिका–२ मस्र्याङ्दी नदीमा जेसीबी प्रयोग गरेर बालुवा निकाल्ने ३ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–८ का २० वर्षीय अमित रिमाल, बन्दिपुर गाउँपालिका–३ का २२ वर्षीय विष्णु थापा, बाँके कोहलपुर नगरपालिका–११ का २७ वर्षीय अर्जुन थापा, तनहुँ बन्दिपुर गाउँपालिका–४ का २८ वर्षीय सुजन गुरुङ र २७ वर्षीय आकाश गुरुङ छन् । पर्यावरण बिगार्ने गरी गिटी, बालुवा उत्खनन् गरी थुपार्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरिक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्