नेपाल इन्भेस्टमेन्ट बैंक र इन्टरनेसनल फाइन्यान्सबीच कर्जा सम्झौता

नेपाल इन्भेस्टमेन्ट बैंक र विश्व बैंक समूहअन्तर्गतको इन्टरनेसनल फाइन्यान्स कर्पाेरेसन (आईएफसी)बीच कर्जा सम्झौता भएको छ । बुधबार भएको सम्झौतापत्रमा इन्भेस्टमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आईएफसीका तर्फबाट आवासीय प्रतिनिधि एम रेहान रशिदले हस्ताक्षर गरेका थिए ।
यो सम्झौतापछि नेपाल इन्भेस्टमेन्ट बैंकले आईएफसीसँग कर्जा लिन पाउने बंैकले जनाएको छ । अन्तर्राष्ट्रिय कम्पनीसँग कर्जा लिन नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने प्रावधान छ । सम्झौतापछि देशमा अहिले देखिएको तरलता केही हदसम्म कम हुने अपेक्षा गरिएको भन्दै बैंकले आइएफसीबाट प्राप्त कर्जालाई राष्ट्र बैंकले तोके अनुसारको क्षेत्रमा उपलब्ध गराउने जनाएको छ । यसअघि नेपाल इन्भेस्टमेन्ट बैंक र आईएफसीबीच व्यापार तथा वित्त क्षेत्रमा मिलेर काम गर्ने सम्झौता भइसकेको छ । व्यापार तथा वित्तक्षेत्रमा ५० लाख अमेरिकी डलरसम्मको लगानी गर्न दुवै पक्ष सहमत भएका थिए । प्राप्त रकम नेपालीे साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न प्रयोग गरिने पनि बैंकले जनाएको छ ।