गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण सन्तोषजनक : मन्त्री अधिकारी «

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण सन्तोषजनक : मन्त्री अधिकारी

सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण कार्य अहिले सन्तोषजनकरुपमा अघि बढीरहेको र हाल दिईएको समयसिमा भित्रै निर्माण सम्पन्न भई फुल फेजमा(पुर्ण रुपमा) सञ्चालन हुने बताए । मन्त्री अधिकारीले बुधबार दोश्रो पटक निर्माणाधिन अन्तर्राष्ट्रिय बिमानस्थलको काम बिगतमा भन्दा राम्रो संग भएको र निर्माण सम्पन्न भए पछि तुरुन्तै सञ्चालनमा आउने समेत बताए । निर्माण सम्पन्न भए पनि भारतले थप हवाई रुट नदिने कुरा प्रति नकारात्मक नहुन भन्दै रुट परमिट बारे अहिले देखिनै कुरा भैरहेको र थप रुट भारतले दिनेमा बिश्वस्त रहेको र यो भैरहवा बिमानस्थलको ब्यबस्थापनको जिम्मा निजी क्षेत्रलाई दिई सञ्चालन गरीने जनाए । त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थलको बिकल्पका रुपमा यो बिमानस्थललाई लिईएकोले निर्धारीत समयमै निर्माण सम्पन्न भई सञ्चालनमा आउने मन्त्री अधिकारीको भनाई छ ।
मन्त्री अधिकारीले हरेक महिनाको दुईपटक निर्माण प्रगतीबारे आफूलाई जानकारी गराउन बिमानस्थल आयोजनाको कार्यालयलाई निर्देशन यस अघि दिईसकेका थिए र नियमित अनगुमनमा गरीरहने समेत उनले बताए ।
तिन बर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ माघबाट चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभियसनले विमानस्थल निर्माण सुरु गरेता पनि २०७२मा आएको भुकम्प, त्यसलगत्तै लामो समय चलेको मधेशआन्दोलन,नाकाबन्दी, नदीजन्यबस्तुको अभाब लगायतका कारणले विमानस्थल निर्माण करिब २ दुई वर्ष पछाडि धकेलिएको छ । ६ अर्व २२ करोड रुपैयाँ लागत रहेको निर्माणधिन बिमानस्थलको अहिलेसम्म ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजना कार्यालयका प्रमुख ओम शर्माले बताए मन्त्री, सास्.सद सहितको टोलीलाई बताए ।
दशै अघिबाटनै धावनमार्ग (रनवे) कालोपत्रे गर्ने काम सुरू हुन्छ । ‘धावनमार्गमा अब बेस कोर्शको काम सुरू भएको छ र यो २० सेन्टिमिटरको हुन्छ, त्यसपछि कालोपत्रे गर्ने काम प्रारम्भ हुन्छ’, आयोजना प्रमुख शर्माले भने । आयोजनाको कार्यालयले सन् २०१९ भित्र निर्माणका सबै काम सम्पन्न गर्ने कार्ययोजना बनाई अघि बढीरहेको र २०१९लाई ‘अप्रेसन इयर’ (संचालन बर्ष) को रूपमा लैजाने योजना अनुरूप काम भैरहेको समेत उनले बताए । कार्ययोजना अनुसार आउदो मंसीर महिनासम्ममा टर्मिनल भवनको छाना हालिसक्ने र फागुनसम्ममा धावन मार्ग कालोपत्रे गर्ने काम सम्पन्न गर्नेगरि कार्ययोजना निर्धारण गरिएको छ । दशै अगावै बेसमेन्टको काम सकिए पनि कालोपत्रे गर्ने काम सम्पन्न गर्न कम्तिमा पनि ५ महिना सम्म लाग्न सक्ने उनले बताए ।
आयोजनास्थलमा अहिले दैनिक ७० जना चीनिया प्राविधिक तथा कामदार सहित २ सय भन्दा धेरै कार्यरत छन् । आवश्यकता अनुरूपको संख्यामा निर्माण उपकरणको प्रयोग र नदीजन्य बस्तुको उपलब्धता छ । निर्माण सामग्री आबश्यकता अनुसार सञ्चय हुदा बर्षा याममा पनि काम नरोकिने देखिएको छ । केही समय अघि सम्म काममा प्रगति नदेखेपछि हातै झिक्ने समेत चेतावनी दिएको दातृ निकाय पनि पछिल्लो समयको निर्माण प्रगति प्रति सन्तुष्ट रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्