Logo

पहिले लेबर, अहिले चार रेष्टुरेन्टका मालिक

यूएई – १६ वर्ष पहिला लेबरमा यूएई छिरेका बेदप्रकाश पोख्रेल अहिले चार रेस्टुरेन्टको मालिक बनेका छन् । २००३ मा सामान्य कम्पनीमा यूएई छिरेका उनलाई सुरुमा न यूएईको कानुनको बारेमा राम्रो ज्ञान थियो न रेस्टुरेन्टको बारेमा कुनै ज्ञान नै । कुनै सीपबिना यूएई छिरे पनि व्यवसाय गर्ने इच्छा भने यूएई आउनुभन्दा पहिले रहेको उनी बताउँछन् । हाल उनी चार रेस्टुरेन्टका मालिकमात्र होइनन्, यससँगै ३५ जना नेपालीलाई रोजगारी दिएका छन् ।
घरमा जेठो छोरा भएका कारण पढ्दापढ्दै घरायसी समस्यकाले वैदेशिक रोजगार हिडेका स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका–४ ओरष्टे घर भएका बेदप्रकाशले यूएईमा २००७ देखि व्यवसाय सुरु गरेका हुन् । अन्य कम्पनीमा काम गर्दै क्वाइस्ट मेन्टेनेसन कम्पनी सुरु गरे संगै जागीर छोडेर पूर्ण व्यवसायमा लागेका हुन् ।
यूएईमा रहेका नेपाली व्यवसाय दुबई केन्द्रित हुदा यूएईको छुट्टै राज्य अजमानमा २०१३ बाट काठमाडौ दरबार नामक रेस्टुरेन्ट बाट व्यवसाय सुरु गरेका बेदप्रकाशका त्यही राज्यामा हाल चार ओटा एकै नामबाट छुट्टै लोकेसनमा सञ्चालनमा छन् । बिस्तारै बढै गएको नेपालीहरूको आकर्षणबाट उक्त राज्यमा हाल करिब १० नेपाली रेस्टुरेन्ट सञ्चालनमा छन् ।
सरकारी कामहरू सबै आफैं उपस्थित भएर गर्ने हुदा यहाँको सरकारी कानुन र यूएईको बारेमा आफुले धेरै बुझेको हुदा यूएईमा नयाँ व्यवसाय गर्न चाहने नयाँ व्यवसायीलाई पनि परामर्श दिनसकिने उनी बताउँछन् । यूएईमा व्यवसाय हुन् वा अन्य कामदार यूएईमा सिकेको कुरा १५ प्रतिशत मात्रै आफ्नो देशमा लगानी गर्न सक्ने हो भने हामीले आफैले देश परिवर्तन गर्न सकिने भन्दै सबैले यतातर्फ ध्यान दिन आग्रह गर्छन् ।
अजमान राज्यको अन नखिल्ल चैत्रराम सुपरमार्केटको घरबाट सुरु भएको उनको व्यावसायिक यात्राले आज उनलाई यो स्थानमा ल्यएको हो । हल पनि उक्त स्थानमा रेस्टुरेन्ट संचालनमा नै रहेकोे छ । यूएई आएलगत्तै अन्य देशका धेरै नागरिकले व्यवसाय गरेको देख्दा आफुले पनि किन गर्न सकिन्न भन्ने आट आएको उनी बताउँछन् । उनी भन्छन्, “मेरो व्यवसाय गर्ने प्रेणाको स्रोत भने नै अन्य देशका नागरिक हुन् ।”
आपत बिपत्तमा परेका नेपालीहरू, नेपालीले नेपालीका लागि गरिने विभिन्न सास्कृतिक कार्यक्रमहरूमा सहयोग गर्दै आएका उनीले होटेलमा नेपालीहरूको लागि महिनावारी खानाको प्याकेज समेत सञ्चालन गरेका छन् । यहाँको कानुन र व्यवसायबारे राम्रोसँग परिचित भएको बताउने उनले नयाँ व्यवसायलाई धेरै कुरामा ध्यान दिन आग्रह गर्छन् । यहाँको सरकारको अनुमतिबिना व्यवसाय सञ्चालन गर्न नसकिने हुदा व्यवसाय गर्दा पहिले नै चनाखो हुन उनी आग्रह गर्दछन । कति नेपाली व्यवसायी ले सबै कुरा तयारी पारी सकेपछि पनि सञ्चालनको अनुमानि पाउन बषौ कुर्नु परेको उदाहरण देखाउदै यस्ता कुरामा पहिले नै सचेत बन्न सके बर्षांैसम्म भाडा मात्रै तिरेर बस्न नपर्ने उनी बताउँछन् ।
पोख्रेलको अनुभव उनकै शब्दमा
पहिले व्यवसायको लोकेसन तया गर्नुपर्छ । उक्त स्थानमा उक्त व्यवसाय गर्दा कत्तिको चल्छ भनेर आफ्नो उक्त क्षेत्रमा टार्गेट पक्ष के हो यो कुरालाई ध्यान दिएसँगै राम्रो खालको स्पोन्सर (हरेक व्यवसाय सञ्चालन गर्दा लोकल पार्टनर अनिवार्य हुन्छ, त्यसैलाई स्पोन्सर भनिन्छ ) खोज्नुपर्छ । त्यसपछि बल्ल व्यवसाय राख्ने स्थानको खोजी गर्नुपर्छ । यसरी स्थानको खोजी गर्दा आफूले गर्न लागेको व्यवसायलाई उक्त स्थानमा नगरपालिकाले इजाजत दिन्छ कि दिँदैन नगरपालिकाको मापदण्ड अनुसारको छ कि छैन भन्ने मुख्य कुरा आउँछ । जस्तै, रेस्टुरेन्ट खोल्नको लागि किचन ३५ स्क्वायर मिटरको हुनुपर्ने हुन्छ । व्यवसाय अनुसार मापदण्ड फरक हुने हुदा प्रमुखतः यसमा ध्यान दिनु जरुरी छ । यति काम सकिएपछि बल्ल कम्पनी लाइसेन्स प्रक्रिया अगाडि बढाउन उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्