नेपाली खानाको स्वादलाई एकरूपता दिन दुबईमा छलफल

नेपाल पर्यटन बोर्डले ल्याएको ‘एक्सपेरियन्स नेपाल’अन्तर्गत विश्वमा भएका नेपाली रेष्टुरेन्टहरूले नेपाली खानाको स्वाद लाई एकरूपता दिइ विदेशीहरूलाई पनि स्वस्थ्य र स्वादिष्ट खाना पस्कन पाउने भएका छन् ।
गत शुक्रबार दुबईको नेपाली रेस्टुरेन्टमा नेपाली रेस्टुरेन्ट व्यवसाय र सेफहरूको उपस्थितमा भएको छलफलमा युएईमा रहेका नेपाली रेस्टुरेन्टहरूले यस तर्फ ध्यान दिने प्रतिबद्धता जनाएका छन् । युएईमा रहेका ९ वटा रेस्टुरेन्ट र सेफबीच भएको छलफलमा मेन्यू वारे प्रकाश पार्दै द्रोणजंग श्रेष्ठले अब नेपाली परिकारहरू स्टाटर देखि डेजर्टसम्म तयार भएकोले रेष्टुराँ संचालकलाई ठेट नेपाली खाना पस्कन सक्ने वातावरण भएको बताए । “स्टार्टर, एपिटाइजर, मेन कोर्ष र डेजर्ट मा के दिने ? भन्ने प्रष्ट भएकोले अब अन्योल हुदैन,” उनले भने ।
छलफलमा विश्वविजय खनालले चाँडैनै बनाउने तरिका सहितको भिडीयो यूट्युबमार्फत हेर्न सकिने बताए । “हामीले बनाउन नसिकी, हामीले स्वाद नचाखि र हामीले अरुलाई स्वाद नचखाई नेपाली स्वादको भने जति प्रसारमा आउन सक्दैन, त्यसैले चाँडैनै यसबारे नेपाली सेफहरू लाई प्रशिक्षण, लाईभ कुकिड्ग गरि, यूएईमा रहेका नेपाली तथा अन्य देशका समूदायहरूलाई पनि नेपाली स्वाद चखाउने कार्यक्रम छ,” उनले भने ।
नेपाली रेष्टुराँका मेनेजर राज लामाले सो अवसरमा आफूले मास्टर मेन्यूअनुसार परिकारको नाम परिवर्तन नगरी तयार पारि बेच्न थाल्ने र नेपाली ग्राहकले नै नयाँ स्वाद पाउने अनि उहाँहरूले नै विदेशि ग्राहक पनि ल्याउने भएकोले तुरुन्त यी खानेकुराहरू आफ्नो मेन्यूमा राख्ने बताए । यी परिकारमा पोषण तत्व तथा क्यालोरीलाई पनि प्राथमिकता दिइएको छ । चाइनिज खाना, थाई खाना, श्रीलंकन खाना, इण्डियन खाना भनेर चिनिन्छन् भने अब नेपाली खाना भनेर चिनाउनु पर्नेमा उपस्थित सबैको जोड थियो ।