दमकलका लागि क्राउडफन्डिङ «

दमकलका लागि क्राउडफन्डिङ

नेपाल दमकल अभियानले दुई लाख अमेरिकी डलर संकलन गर्ने उद्देश्यले आजदेखि एउटा क्राउडफन्डिङ अभियान सुरु गरेको छ ।
दमकल ढुवानी गर्न र अभियानलाई आर्थिक सहयोग जुटाउनाका साथै नेपाल भित्रिँदै गर्दा यस यात्राको अविस्मरणीय वृत्तचित्र निर्माण गर्न प्रयोग गरिनेछ ।
दशवटा दमकललाई हिमालयदेखि काठमाडौँसम्म चलाएरै पुर्याउन र मात्रै तीन वटा दमकलले ५० लाख मानिसलाई सेवा पुर्याइरहेको स्थानीय अग्नि नियन्त्रण विभागलाई ती दमकल अनुदान दिन अन्तर्राष्ट्रिय सेलेब्रिटीहरू, कूटनीतिज्ञ र साहसिक यात्रा गर्नेहरू एकजुट भएका छन् । यो विशिष्ट कार्यक्रमको प्रचारप्रसारबाट नेपालको पर्यटन उद्योगको प्रवद्र्धन हुनेछ ।
सामाजिक सञ्जालमार्फत अभियानले विश्वव्यापी रूपमा विशाल प्रचारप्रसार गर्ने अपेक्षा गरिएको छ । यो साहसिक यात्रालाई एउटा क्यामरा समूहले दृश्यमा कैद गर्नेछ जसलाई दुई भागमा निर्माण गरिनेछ । संयुक्त राज्य अमेरिकाको पिबिएसका लागि एक घण्टा लामो दुई शृङ्खला र ९० मिनेटको एउटा कथानक चलचित्र । यी कार्यक्रमले नेपाल भ्रमण गर्न मानिसलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
अभियानको नेतृत्व नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसी र प्रख्यात पर्वतारोही तथा टेलिभिजन व्यक्तित्व रसेल ब्राइसले गर्नेछन् । यो यस्तो परियोजना हो जसका लागि विगत सात वर्षदेखि तयारी गरिएको छ र यसमा लोकप्रिय टेलिभिजन शृङ्खला द सोप्रानोसका स्टार स्व जेम्स ग्यान्डोल्फिनी पनि शुरुदेखि नै सहभागी थिए ।
सन् २०१५ का दुईवटा भूकम्प र नाकाबन्दीले अभियानलाई प्रभाव पारे पनि, असंख्य अन्य अन्तर्राष्ट्रिय सेलेब्रिटी र साहसिक यात्रीहरूले सहकार्य गर्ने जनाएपछि धैर्यता र दृढताले अन्ततः फल पाएको छ । अभियानको अन्तिम चरणका रूपमा क्राउडफन्डिङ अभियान अघि आएको हो ।
मनिषा कोइराला, राजेश हमाल र सुनिल थापाजस्ता बलिउड र नेपाली चलचित्रका लोकप्रिय हस्तीहरू माल्कोम म्याकडावल, माइकल इम्पिरयोद्यी र स्कट ग्लेनजस्ता अन्तर्राष्ट्रिय कलाकारसँग जोडिँदै छन् । रक ब्याण्ड एक्स्ट्रिमका नुनो बेट्टेनकोर्ट र ल्याम्ब अफ गडका क्रिस एडलरलगायत प्रख्यात पर्वतारोही राइहोल्ड मेस्नरले पनि वीरगञ्जदेखि काठमाडौँसम्मको चुनौतीपूर्ण सडकमा दमकल कुदाउने छन् । अभियानको आधिकारिक वेबसाइटमा नेपाल आउने यी स्टारहरूको उत्साह देख्न पाइन्छ ।
क्राउडफन्डिङ अभियानमा सहभागी भएर, सहयोगीहरूले अभियानलाई सहयोग गर्ने मात्रै नभएर नेपालको अर्थतन्त्रलाई पनि सहयोग गर्नेछन् । यसमा मानव बेचबिखनका पीडित वा जोखिममा रहेका युवा महिलाले आफ्नो हातैले नेपालमै बनाएका आरामदायी पोशाक र यात्राको क्रममा उपयोगी हुने सामग्री पनि समावेश गरिएका छन् ।
अभियानका समर्थकहरूले विभिन्न पुरस्कारबाट आफ्ना लागि उपयुक्त सामग्री छनोट गर्न सक्नेछन् जसमा अभियानको आधिकारिक माग र वृत्तचित्र चलचित्रदेखि लिएर विशेषरूपमा डिजाइन गरिएका यात्राको क्रममा उपयोगी हुने वालेट, हातले बनाइएका उनी टोपी र अभियानको आधिकारिक घडी पनि पर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्