एनसीसी फिनल्याण्डद्वारा सहयोग «

एनसीसी फिनल्याण्डद्वारा सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्ड ( एनसीसी ) ले हरेक नयाँ कार्यकाल (२ वर्ष)मा नेपालको शैक्षिक क्षेत्रमा एउटा पारोपकारी काम गर्दै आएको छ छ । नयाँ कार्यकालका लागि छनौट भएसँगै नयाँ परियोजनाको काम पनि सम्पन्न भएको छ ।
एनसीसी फिन्डल्याण्डले भूकम्पबाट प्रभावित मेलम्ची नगरपालिका, कटुन्जे, सिन्धुपाल्चोकमा रहेको जनजागृती माध्यमिक विद्यालयमा १० कम्प्युटर, १ प्रिन्टर र १ प्रोजेक्टर सहितको कम्प्युटर ल्याब तथा ई– लाईब्रेरीको स्थापना गरी, एक कार्यक्रमकावीच विद्यालयलाई हस्तानान्तरण गरिएको छ । कम्प्युटर ल्याबका लागि आवश्यक फर्निचर विद्यालय स्वयंले ब्यवस्था गरेको थियो । गैरआवासीय नेपाली संघ फिनल्याण्डका अध्यक्ष, वसन्त गौतमको उपस्थितिमा कामको अनुगमन भएको थियो । कम्प्युटर ल्याब तथा ई–लाईब्रेरी हस्तानान्तरण कार्यक्रममा कार्यक्रममा गैरआवासीय नेपाली संघबाट केन्द्रिय प्रतिनिधि र नेपाल फिनल्याण्ड हातेमालो नेटवर्कका प्रतिनिधिहरू पनि उपस्थित थिए । विद्यालयका पूर्वविद्यार्थीहरू र विद्यालय व्यवस्थापन समितिले आवश्यक तालिम र ल्याबको दीर्घकालीन व्यवस्थापन गर्नेछन् ।
यसअघि पनि एनसीसी फिन्डल्याण्डले तराईको बाढीपीडितलाई राहत, रामेछाप जिल्लामा भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माण, डोल्पाका बालबालिकाको शिक्षाका लागि, अछाममा महिला स्वस्थ्य शिविर सञ्चालन, धुर्मुस सुन्तली बस्ती निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्