स्काईवर्थले ल्यायो संसारकै सबैभन्दा पातलो टिभी «

स्काईवर्थले ल्यायो संसारकै सबैभन्दा पातलो टिभी

के एल दुगड समूहअन्तर्गत स्मार्ट अप्लाइन्सेस कम्पनीले स्काईवर्थ ब्रान्डको ‘वालपेर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो टिभीको मोटाइ जम्मा ३.६ मिमि छ जुन संसारकै सबैभन्दा स्लिम टिभी हो । कम्पनीका अनुसार यो टिभी स्मार्ट फोनभन्दा पनि पातलो छ । सोमबार साँझ काठमाडौँमा डिलर मिट आयोजना गरी सो टिभी सार्वजनिक गरिएको हो । ओएलईडी टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, पातलो र विभिन्न नयाँ फिचरहरू समावेश गरेको यस टिभी अन्य एलईडी टिभीभन्दा निकै राम्रो रहेको कम्पनीले जनाएको छ ।
साथै यो टिभीमा जेबीएलसाउन्ड सिस्टम जडान गरिएको भन्दै कम्पनीले यसकारण उच्च दर्जाको साउन्ड अनुभव गर्न सकिने पनि बताएको छ । यो टिभीको मूल्य नेपाली बजारमा २० लाख रुपैयाँभन्दा माथि पर्ने कम्पनीले जनाएको छ । इनोभेसन र टेक्नोलोजिको उत्कृष्ट उदाहरण रहेका यी प्रोडक्टहरूले नेपालमा पनि राम्रो बजार लिने कम्पनीको दाबी छ । साथै स्काईवर्थको वल्र्डकप अफर स्किम नेपालभर सञ्चालन भइरहेको छ । यस योजनाअन्तर्गत स्काईवर्थका टेलिभिजनमा उपभोक्ताले २५ प्रतिशतसम्मको छुट अफर पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्