लुम्बिनी विकास बैंकका एकैदिन ३ शाखा उद्घाटन «

लुम्बिनी विकास बैंकका एकैदिन ३ शाखा उद्घाटन

लुम्बिनी विकास बैंकले कपिलवस्तु जिल्लाको गजेहडा, सप्तरी जिल्लाको रुपनी तथा जनकपुरको लोहारपट्टीमा गरी एकैदिन ३ वटा शाखा औपचारिक रूपमा उद्घाटन गरेको छ । प्रदेश ५ अन्तर्गत कपिलवस्तु जिल्लाको गजेहडा शाखा बैंकका सञ्चालक चिन्तामणि भट्टराईले उद्घाटन गरे भने प्रदेश २ अन्तर्गत सप्तरी जिल्लाको रुपनी शाखा तथा महोत्तरी जिल्लाको लोहारपट्टी शाखाको बैंकका सञ्चालक गणेशराज रेग्मीले उद्घाटन गरे । कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तिलकप्रसाद पाण्डेयले अतिथि तथा ग्राहकलाई स्वागत गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्