कैलालीको मुनुवामा ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा «

कैलालीको मुनुवामा ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा

ग्लोबल आईएमई बैंकले मंगलबारदेखि कैलाली जिल्लाको जानकी गाउँपालिका–४, मुनुवामा आफ्नो ८४ औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाको एक विशेष समारोहकाबीच जानकी गाउँपालिका प्रमुख प्रदीपकुमार चौधरी र ग्लोबल आईएमई बैंकको सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले संयुक्त रूपमा समुद्घाटन गरेका थिए । सो सेवाका लागि स्थानीय अनुपकुमार रावतलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आईएमई बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्