टर्न सक्छ ट्रम्प–किमबीचको वार्ता

वासिङटन- अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार उत्तर कोरियाली शासक र परमाणु निसस्त्रीकरणसँग सम्बन्धित सम्झौताको विषयमा आफू गम्भिर भएको बताएका थिए । तर उनले १२ जुनमा सिंगापुरमा हुने भनिएको प्रस्तावित ऐतिहासिक बैठक टर्न सक्ने प्रबल सम्भावना भएको पनि बताएका छन् ।
ट्रम्पले दिक्षण कोरियाली राष्ट्रपति मुन जे–इनलाई स्वागत गर्दै ह्वाइट हाउसको बाहिर पत्रकारहरुसँग भनेका छन्,“हामी साथसाथै अगाडि बढिरहेका छौ । हामी हेर्दैछौ कि के हुदैछ । यदी यसो भएन भने सायद पछि पनि हुन सक्छ ।” पत्रकारलाई जानकारी गराउने क्रममा उनले सायद १२ जुनमै वार्ता नहुन सक्ने पनि बताए ।
उत्तर कोरियाले गत साता दक्षिण कोरियासँग हुनेवाला वार्ता रद्ध गरेको थियो । तर अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासको बिरोध गर्दै उत्तर कोरियाले दक्षिण कोरियासँगको वार्ता रद्ध गरेको हो । उत्तर कोरियाले अमेरिकाले परमाणु हतियारको विषयलाई लिएर एकतर्फी दबाब दियो भने आपूmले वार्ता रद्ध गर्न सक्ने बताएको छ ।