७० वर्षको उमेरमा महिला गर्भवती «

७० वर्षको उमेरमा महिला गर्भवती

मेक्सिको- नेपालीहरुको औसत आयुनै ७१ वर्ष छ । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्ननै गाहे हुन्छ । तर एक महिलाले आफू ७० वर्षको उमेरमा पनि ६ महिनाको गर्भवती भएको बताएकि छन् । मेक्सिकोको सिनालोआमा बस्ने मारिया डी लालूसले बकाइदा आफ्नो सोनोग्राफी रिपोर्ट मिडियालाई देखाएकि छन् । पहिलेनै ७ छोराछोरीकी यी महिलाले देखाएको रिपोर्ट देखेर चिकित्सक पनि हैरान भएका छन् ।
मारियाले आफ्नो खुट्टामा दुखाई भएको र बारम्बरा वाकवाकी लाग्ने बताएकि छन् । यो गर्भवति हुदाको समयको लक्षण हो । उनले हालसम्म १० पटक फरक फरक ठाउँमा सोनोग्राफि गराएकि छन् । रिपोर्टबाट उनी गर्भवती भएको देखिएको छ । चिकित्सक पनि यो रिपोर्ट देखेर अचम्मित भएका छन् । चिकित्सकले पनि महिलालले छोरीलाई जन्म दिने बताएका छन् ।
यदी मारियाले बच्चालाई जन्म दिइन् भने उनी विश्वकै दोस्रो बढी उमेरमा आमा बन्ने महिला बन्नेछिन् । यो भन्दा पहिले पंजाबकी दलजिन्दर कौनले २०१६ मा ७० वर्षको उमेरमा बच्चालाई जन्म दिएकि थिइन् । यद्यपि दलजिन्दर आईभीएफ प्रविधिको सहयोगमा गर्भवती भएकि थिइन् ।
मेक्सिकोकी ७० वर्षिय मारिया डी लालूसले गर्भवतीको भएको बारेमा थप जानकारी भने दिएकि छैनन् । आफू कुन किसिमबाट गर्भवती भएको या आफूले कुनै किसिमको फर्टिलाइजेसन प्रविधिको सहारा लिएको भन्ने बारेमा उनले जानकारी गराएकि छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्