Logo

हिरोको नयाँ एक्स्ट्रीम २०० आउँदै

 भारतको सबैभन्दा ठूलो दुईपांग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पले यसैसाता एक्स्ट्रिम २०० आर मोटरसाइकल सार्वजनिक गर्ने जनाएको छ । हिरो एक्स्ट्रिम २०० एस कन्सेप्टमा निर्माण गरिएको एक्ट्रिम २०० आरमा परफर्मेन्स, बे्रकिङ, एर्गाेनोमिक तथा हेडलिंग स्टेबिलिटी जस्ता विशेषता रहेका छन् । कम्पनीले २०१८ को फेब्रुअरीमा भारतको ग्रेटर नोयडामा भएको अटो एक्स्पोमा एक्स्ट्रिम २०० आर निर्माणबारे जानकारी दिइएको थियो ।
हिरा मोटोकर्पले यो मोटरसाइकलमा १ सय १२ किलोमिटर प्रतिघण्टाको टपस्पिड क्षमता रहेको जनाएको छ । शून्य देखि १०० किलोमिटरको गति तय गर्न हिरो एक्ट्रिम २०० आरलाई ४.६ सेकेण्ड मात्र समय लाग्ने कम्पनीले दाबी गरेको छ । मोटरसाइकलमा २०० सीसी इन्जिन क्षमताको सिंगल सिलिण्डर भएको कार्बोरेटेड इन्जिन रहेको छ । यो इन्जिनले ८५ सय आरपीएममा १८.१ पावर तथा ६५ सय आरपीएममा १७.१ एनएम टर्क उत्पादन गर्छ । हिरो मोटोकर्पले एक्स्ट्रीम २०० आरमा ब्यालेन्सर सिफ्ट दिएको छ । साथै यसमा एलइडी पोजिसन ल्याम्प तथा एक एलइडी टेल ल्याम्प रहेको छ । यसमा ३७ एमएम टेलिस्कोप फ्रन्ट फर्क तथा ८ स्टेप अजस्टेबल मोनोशक दिइएको छ । ब्रेकिङको लागि मोटरसाइकलमा २७६ मिलीमीटर पछाडि तथा २२० मिलीमिटर अगाडि डिस्क ब्रेक राखिएको छ ।
कम्पनीले मोटरसाइकलमा सिंगल च्यानल एबिएस अप्सन उपलब्ध गराएको छ । रेडिएल टायर्स जडान गरिएको हिरो एक्स्ट्रिम पहिलो हिरो मोटसाइकल हो । कम्पनीले हालसम्म पनि मोटरसाइकलको मूल्य भने सार्वजनिक गरेको छैन । कम्पनीले यो मोटरसाइकल विभिन्न पाँच वटा रंगमा उपलब्ध गराउने जनाएको छ । यसले बजाज पल्सर एनएस २०० तथा टिवीएस अपाची आरटीआर २०० संग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्