हुन्डाई क्रेटाको फेसलिफ्ट भर्सन सार्वजनिक «

हुन्डाई क्रेटाको फेसलिफ्ट भर्सन सार्वजनिक

हुन्डाई मोटर इन्डियाले सोमबार क्रेटाको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ । २०१५ मा पहिलो पटक सार्वजनिक भएको क्रेटा भारतीय बजारमा निक्कै लोकप्रिय हुँदै आएको छ । एसयुभी सेगमेन्टको क्रेटा फेसलिफ्टको सुरुवाती मूल्य ९ लाख ४३ हजार भारु रहेको छ ।
नयाँ क्रेटा तीन इन्जिन क्षमता १.४ लिटर डिजेल, १.६ लिटर पेट्रोल तथा डिजेल इन्जिनमा उपलब्ध रहेको छ । क्रेटा पेट्रोल भर्सनको मूल्य ९ लाख ४३ हजारदेखि १३ लाख ५८ हजार र डिजेल भर्सनको ९ लाख ९९ हजारदेखि १५ लाख ३ हजार भारुसम्म रहेको छ । नयाँ क्रेटामा इलेक्ट्रिक सनरुफ, क्रुज कन्ट्रोल, तार रहित फोन चार्जर, डुअल टोन कलर अप्सन, डुअल एयरव्याग र एबीएस जस्ता विशेषता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्