डडेल्धुराको बजेट, अधिकार र नीतिमा मतभेद «

डडेल्धुराको बजेट, अधिकार र नीतिमा मतभेद

अहिले मुलुकमा तीन तहका सरकार छन् । स्थानीय, प्रदेश र संघले जिम्मेवारी निर्वाह गरिरहेका छन् । स्वायत्त अधिकारसहितका स्थानीय तहका जनप्रतिनिधि समृद्ध पालिकाको नारा उरालिरहेका छन् ।
योजनाको काम भ्याइनभ्याई छ । संघ र प्रदेशका सांसद पनि विकास योजना कसरी ल्याउने भन्ने कसरतमा छन् । तर तीन तहका सरकारबीच समन्वय भएको देखिँदैन । स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि नगर प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित वडाध्यक्ष र सदस्यकोमा धेरै धाउँछन् । संघ सरकारमा बजेट थोरै भएकाले आफ्नो जिल्लामा ठूलो योजना भित्र्याउन नसकेको डडेल्धुराका जनताले जुनासो पोखिराखेका छन् । तीन तहबीच समन्वय पनि भएन । कस्तो योजना कहाँ र कति बजेट विनियोजन गर्ने भन्नेबारे पनि जनप्रतिनिधिले समन्वय नगरी आफ्नै ढंगले काम गरेको देखिन्छ  । नगरप्रमुख विशेश्वरप्रसाद ओझा (विपिन) ले कर्मचारीको संख्या थोरै भएकाले काम गर्न नसकिएको बताए । “सोचेजस्तो गर्न सकिएन,” उनले भने, “अधिकारले मात्रै भएन, अस्तव्यस्त भएपछि काम गर्न कठिन छ ।” उपभोक्ता समिति र ठेक्काबाट सानातिना योजना सञ्चालन भइरहेको उनले बताए । अमरगढी नगरपालिकामा अहिलेसम्म पाउर बजेट नआउँदा विकासका काममा अवरोध आएको समेत ओझाले थपे । पाउर बजेटअन्तर्गत मुलुकमा भष्ट्राचार बढ्दै गएकाले प्रधानमन्त्रीले पावर बजेट रोकेको समेत ओझाको भनाइ छ । स्थानीय तहमा ठूलो आकारको बजेट आएपछि आफ्नो पालिकाभित्रका सर्वसाधारणलाई कार्यालयमा पुगेर योजना माग्न र अन्य कामका लागि नजिक पायक परेको छ । तीन तहका प्रतिनिधिले सुविधा र बजेट परिचालनमा आफूलाई धेरै हुनुपर्ने जोड छ । विकास योजनाका माग धेरै भएकाले बजेट बढाउनुपर्ने जनप्रतिनिधिको माग छ । “सर्वसाधारणको अपेक्षा ठूलो, सीमित स्रोतसाधन, कर्मचारी कमी र योजना माग्नेको चाङ नै छ,” बजेट थोरै भयो । राजस्व बाँडफाँडमा स्थानीय तहलाई पनि अधिकार चाहिन्छ । पर्शुराम नगरपालिकामा पनि बजेट सानो भएकाले यो बजेटले ठूलो योजनाको काम गर्न सकिँदैन । ठूलो बजेट भएको भए भित्री मधेसको मुहार फेर्न समय लाग्थेन पर्शुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदको भनाइ छ । “पर्शुराम नगरपालिकाका अन्तर्गत खेतीयोग्य जमिनलाई सिँचाइ सुविधा पनि हुन्छ र उत्पादन बढ्छ,” उनले भने, “सडक, खानेपानी, विद्युत् विस्तार, भौतिक पूर्वाधार निर्माणदेखि स्वरोजगार र उत्पादनमूलक कार्यक्रममा पारिदिन धेरै माग र निवदेन आएका छन् ।”

 –हरिश चन्द 

प्रतिक्रिया दिनुहोस्