माछापुच्छ्रे बैंकको थप ५ नयाँ स्थानबाट बैंकिङ सेवा

गत मंगलबार १० नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको माछापुच्छ्रे बैंकले एकै साथ थप ३ शाखा कार्यालय तथा २ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको जनाएको छ । बैंकले आइतबार सुुनसरीको धरान उपमहानगरपालिका, भोजपुुरको भोजपुुर नगरपालिका र जुुम्लाको चन्दननाथ नगरपालिकामा शाखाको स्थापना गरेको छ । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरूलाई कर्जा, निक्षेपलगायतका सम्पूर्ण बैंकिङ सुबिधा उपलब्ध गराएको जनाएको छ । साथै बैंकले कञ्चनपुुरको बेलडाँडी–२ तथा भीमदक्त नगर–८ मा २ नयाँ शाखारहित बंैकिङ सेवा पनि सञ्चालनमा ल्याएको छ । बैंकले ०७४ साल चैत मसान्तसम्म ६८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा ८१ करोड रुपैयाँ खुद मुनाफा गरेको पनि स्मरण गरेको छ ।