सानिमा लाइफ र गैरआवासीय नेपाली संघबीच सम्झौता

सानिमा लाइफ इन्स्योरेन्स र गैरआवासीय नेपाली संघबीच संस्थाका विश्वभरका सदस्यहरुलाई सुलभ रूपमा आधुनिक स्तरको प्रविधि युक्त जीवन बिमा सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सानिमा लाइफ इन्स्योरेन्सका सञ्चालक घनश्याम थापा, एनआरएनएका उपाध्यक्ष सपीला राजभण्डारी, एनआरएन एनसीसी रुसका संरक्षक खेमराज लामिछाने लगायतको उपस्थितिमा सोमबार सम्पन्न कार्यक्रममा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशवराज केसी तथा एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.हेमन्तकुमार दवाडीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।