ट्रस्टबिजद्वारा बेल्जियन बैंकिङ एकेडेमीसँग सम्झौता

ट्रस्टबिज प्राइभेट लिमिटेड र ब्रसेल्सस्थित बेल्जियन बैंकिङ एकेडेमीबीच बैंकिङ सम्बन्धमा उच्चस्तरीय अध्ययन एवं प्रशिक्षण कार्यक्रमहरूको तर्जुमा तथा सञ्चालनका लागि सहकार्य गर्नका निमित्त सम्झौता भएको छ । बेल्जियन बैंकिङ एकेडेमी एक बेल्जियन बैंकिङ एसोसिएसनबाट बैंकिङ तालिम प्रदान गर्न स्थापना गरिएको सस्था हो । यसले युरोपका बैंकका पदाधिकारी तथा अधिकृतहरूको क्षमता अभिवृद्धिका आवश्यकता पूर्ति गर्नका लागि आवश्यक तालिम उपलब्ध गराउँछ । यस्तै, ट्रस्टबिज प्राइभेट लिमिटेड तथा बेल्जियन बैंकिङ एकेडेमीले पारस्परिक सहकार्यमा बेल्जियम तथा अन्य युरोपियन देशमा आयोजित विभिन्न बैंकिङ तालिमहरूका लागि विशेषज्ञ तथा ज्ञान अदान–प्रदान गर्नेछन् । यस सहकार्यले बैंकहरूका सञ्चालक समितिका पदाधिकारीहरूलाई संस्थागत सुशासन, जोखिम व्यवस्थापन, स्वार्थको द्वन्द्व, अनुपालना, नियामक निकायसँगको सम्बन्ध एवं समन्वय लगायतका विषयमा अन्तर्राष्ट्रिय असल अभ्यास विषय समेटिएको अभिमुखीकरण तथा पुनर्ताजगीकरण प्रशिक्षण बेल्जियन बैंकिङ एकेडमीका विशेषज्ञहरूले प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यसैगरी बैंकका उच्च व्यवस्थापनमा रहेका अधिकृतहरूलाई जोखिम व्यवस्थान, सञ्चालन, बैंकिङ प्रविधि र नयाँ बैंकिङ र वित्तीय उपकरणहरूको प्रयोगको तालिम ट्रस्टबिज प्राइभेट लिमिटेड समन्वयमा बेल्जियन बैंकिङ एकेडेमी प्रदान गर्नेछ । ‘यस सम्झौताले परिपक्क तथा विकसित युरोपियन बैंकिङको अनुभव, ज्ञान र सीपमा नेपाली बैंकहरूको पहुच पुराएको छ ।