भारतमा रेलमा आगलागी , सबै यात्रुलाई सुरक्षित निकालियो «

भारतमा रेलमा आगलागी , सबै यात्रुलाई सुरक्षित निकालियो

विशाखापट्टनम एपी एसी एक्सप्रेसमा अचानक आगलागी हुदा यात्रुबीच भागाभाग मच्चिएको छ । ग्वालियरको बिरला नगर स्टेशनको बी–६ तथा बी–७ कोचमा आगलागी भएको हो ।
यात्रुवाहक रेलमा आगो लागेको खबर मिले लगत्तै प्रहरी तत्काल घटनास्थलमा पुगेको थियो । रेल निजामुद्दीनबाट विशाखापट्टनमतर्फ जादै गरेको थियो । रेलवेका अनुसार रेल विरला नगर स्टेशन पार गर्दै गरेको अवस्थामा आगलागी भएको हो । आगलागी भए लगत्तै सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ ।
यात्रुलाई सकुशल बाहिर निकालिए पनि बी– ६ र बी–७ बग्गीका यात्रुको सामान भने जलेर जष्ट भएको छ । यो घटनाका कारण दिल्लीतर्फ जाने रेल प्रभावित भएको छ । आगो लागेको डिब्बालाई काटेर छुट्टाइएको छ । यो आगो करिब भारतीय समय अनुसार विहान ११ बजे लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्