क्रिसमस स्वागतको लागि मालबेरीमा केक मिक्सिङ «

क्रिसमस स्वागतको लागि मालबेरीमा केक मिक्सिङ

क्रिसमसको रौनक बढेको व्यस्त सहर ठमेलस्थित होटल मालबेरीले पहिलोपटक केक मिक्सिङ कार्यक्रम आयोजना गरेको छ । होटल मालबेरीले आठौं तल्लामा गरेको उक्त कार्यक्रममा पूर्व मिसनेपालद्वय सदिक्षा श्रेष्ठ र मेलिना जोशी उपस्थित थिए । केक बनाउन राखिएका चेरी, ड्राइफूड, ल्वाङ, सुकमेलका पाउडर, बेकिङ पाउडर, जुस र वाइन जस्ता सामग्रीहरू निकै आकर्षक तरिकाले सजाएको थियो । क्रिसमसको दिन प्लम केक तयार पार्नको निमित्त डेढ महिना अगाडिदेखिनै आवश्यक सामग्री मिश्रण गरि कन्टेनरमा राख्ने र डिसेम्बर २५ का दिन केक मिक्सिङमा प्रयोग गर्ने गरिन्छ । उक्त होटलका महाप्रवन्धक अमिरकुमार प्रधानाङ्गले यस कार्यक्रम आफूहरूले पहिलो पटक सञ्चालन गरेको बताए । उनका अनुसार ७० केजी ड्राइफुड, १५ लीटर जुस र वाइनहरू समावेश गरेको बताएको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई कला संस्कृतिले धनी देश भनेपनि तारे होटल वा उच्च स्तरका होटलहरूले विदेशी पाहुनालाई क्रिसमसको स्वागत गर्नका निमित्त केक मिक्सिङ आयोजना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्