धादिङको ज्वालामुखीमा मेगा बैंक «

धादिङको ज्वालामुखीमा मेगा बैंक

 मेगा बैंक नेपालले धादिङको ज्वालामुखी गाउँपालिकामा शाखा विस्तार गरेको छ । बैंकको शाखा सञ्जाललाई गाउँ–गाउँमा पु¥याउने उद्देश्यलाई निरन्तरता दिने क्रममा मेगा बैंकले धादिङको ज्वालामुखी गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको जनाउको छ । राजधानीबाट नजिकै भएर पनि ज्वालामुखी गाउँपालिकामा अहिलेसम्म कुनै पनि क वर्गको वाणिज्य बैंक पुगेको थिएन । स्थानीय आवश्यकतालाई महसुस गर्दै मेगा बैंकले शाखा विस्तार गरेपछि स्थानीय बासिन्दाहरू उत्साहित भएका भन्दै यो सँगै धादिङमा मेगा बैंकको तीनवटा शाखा भएको पनि जनाएको छ ।
मेगा बैंकले यसअघिदेखि नै धादिङबेसी र मलेखुमा शाखा विस्तार गरी ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । मेगा बैंकले एक साताको अवधिमा नौवटा शाखा विस्तार गरेको छ । मेगा बैंकका देशभर ९१ शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरू र १८ सयभन्दा बढी मेगा रेमिट एजेन्ट छन् ।

प्रतिक्रिया दिनुहोस्