सोल्टीमा केक मिक्सिङ महोत्सव «

सोल्टीमा केक मिक्सिङ महोत्सव

सोल्टी क्राउन प्लाजा होटलमा आउदो क्रिसमस चार्डलाई मध्यनजर गरेर आइतबार केक मिक्सिङ उत्सव आयोजना गरिएको छ । बर्सेनि क्रिसमस लगभग १ महिनाअघि अन्तर्राष्ट्रिय केक मिक्सिङ समुदायमा आवद्ध रहेर नेपालमा पनि केक मिक्सिङ महोत्सव गरिँदै आएको छ । विश्वभर गरिने सो महोत्सव यही समयमा नेपालमा पनि आयोजना गरिने आयोजकले बताएका छन् । क्रिसमसलाई आधार बनाएर तयार गरिने सो केकमा वाइन, क्यान्डिड अरेन्ज, चेरी, जुस र मह लगायतका कच्चा पदार्थको मिश्रणमा तयार गरिने सञ्चार अधिकृत प्रतिक्षा बस्नेतले जानकारी दिइन् । सो केकलाई आवश्यक तापक्रममा भण्डारण गरी आगामी क्रिसमसमा आउने विदेशी पर्यटकलाई वितरण गरिने फुड एन्ड वेभरेज म्यानेजर केदार पाण्डेले बताए । यस्ता कार्यक्रमले नेपाल घुम्न आउने पर्यटकले क्रिसमस पर्व आफनै देशमा जस्तो गरी मनाउने अवसर मिलोस भन्नका लागि महोत्सवले सहयोग पुगेको होटलले जनाएको छ । यो बेला केक खानैकै लागि धेरै पर्यटक सो होटलमा आउने गरेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्