बृहत्को १२ औं ‘रिमा’ तालिम पूरा, «

बृहत्को १२ औं ‘रिमा’ तालिम पूरा,

बृहत् प्रोपर्टी सोलुसन्स् (बीपीएस) ले आयोजना गरेको १२ औं ब्याचको रियल इस्टेट मार्केटिङ एजेन्ट (रिमा) तालिम सम्पन्न भएको जनाएको छ । ‘बीपीएस’ रियल इस्टेट क्षेत्रमा नेपालको प्रतिष्ठित व्यावसायिक समूह ‘बृहत् ग्रुप’ अन्तर्गतको कम्पनी हो भन्दै यसले १७ देखि १९ मे २०१८ सम्म काठमाडौंमा आयोजित १२ औं ब्याचको रिमा तालिममा रियल इस्टेट एजेन्ट, पेशावत निर्माण कम्पनीलगायत विभिन्न क्षेत्रका १२ जनाको सहभागिता रहेको पनि जनाएको छ ।
तालिममा रियल इस्टेटबारे आधारभूत जानकारीका साथै यसको निर्माण, इन्जिनियरिङ तथा आर्किटेक्चर, भवन संहिता तथा रियल इस्टेट कानुन र यसको अभ्यास, आवास कर्जा तथा बिमा, प्रोपर्टी भ्यालुएसन, रियल इस्टेट मार्केटिङ लिड जेनेरल कुशल रिमा बन्न आवश्यक गुण तथा व्यवहारलगायतका विषय समेटेको थियो ।
तालिमका प्रशिक्षकहरूमा नेपालका अग्रणी रियल इस्टेट विज्ञ ओम राजभण्डारीका साथै उनममान प्रधान, निश्चलमान सिंह प्रधान, प्राथना वैद्य, सुशीलकुमार चापागाईं, सविता जोशी, साम सूर्य तामाङलगायत थिए । यो तालिमले सहभागीहरूका लागि रियल इस्टेट क्षेत्रमा करिअर बनाउनका लागि नयाँआयाम सिर्जना गर्ने कम्पनीको विश्वास छ । तालिममा सहभागीहरूले रिमा तालिम रियल इस्टेटबारे आधारभूत ज्ञान लिनका साथै यस क्षेत्रमा करियर अघि बढाउनका लागि पनि अत्यन्त महत्वपूर्ण सहयोगीर उपलब्धिमूलक भएको र यसलाई मर्यादित र पारदर्शी रूपमाअघि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्