ओटोको फ्र्यान्क ड्युअल बजारमा

ओटो फोन्सले हालै बजारमा ओटोको फ्र्यान्क सिरिजको पहिलो फोन ओटो फ्र्यान्क ड्युअल बजारमा ल्याएको छ । फ्र्यान्क सिरिज ओटोको स्मार्ट फोनको दोस्रो सिरिज हो । यसअघि ओटोले मार्क सिरिजअन्तर्गत ओटो मार्क र ओटो मार्क २ बजारमा ल्याइसकेको छ । ओटो फ्र्यान्क ड्युअलको फुल मेटल बडी, कर्भ स्क्रीन, पछाडी सोनीको आइएमएक्स लेन्सको दुई क्यामेराको साथै फिंगरप्रिन्ट सेन्सरको कारण १० हजार मुनिको फोनहरूमध्य उत्कृष्ट फोन बन्ने विश्वास राखेको कम्पनीले जनाएको छ ।
ओटो मार्क २ सिरिज पछि, ओटो फोन्सले फेरी पनि आफ्नो स्मार्टफोन्सका साथ् विविध तथा उत्क्रिस्ट अनुभव दिन फ्रान्क सिरिज बजारमा उपलब्ध गराएको छ । ५ इन्चको कर्भ स्क्रीन रहेको ओटो फ्र्यान्कमा एचडी आइपीएस डिस्प्लेको सुबिधा, तथा बलियो स्क्रीन रहेको छ । अन्य फोनहरूभन्दा यो फोनको स्क्रीन बलियो र मजबूत रहेको ओटो फोन्सको दाबी छ । सामान्य रुपमा हातबाट झर्दा पनि यो फोनको स्क्रीन सजिलै नफुट्ने भएकोले यो फोनलाई ‘टफ फोन’ भनेर बजारमा सार्वजनिक गरिएको छ । साथै यो फोनको फुल मेटल बडीले प्रयोगकर्तालाई प्रिमियम फोनको अनुभव दिनेछ । बलियो फोनको साथ साथै यो फोनमा ड्युअल क्यामेराको सुबिधा छ । यो फोनको पछाडी दुइवटा क्यामेरा, एउटा क्यामेरा ८ मेगापिक्सेल र अर्को क्यामेरा २ मेगापिक्सेलको रहेको छ। यी क्यामेरामा सोनीको लेन्स को प्रयोग गरिएको छ । अगाडीको सेल्फी क्यामेरा चाँही २ मेगापिक्सेलको रहेको छ ।
ओटो फ्र्यान्क ड्युअल एन्ड्रोइडको नउगटको रहेको छ । गत सातादेखि बजारमा आएको यो फोन सुनौलो र कालो रंगमा उपलब्ध छ । जयमा इन्टरकन्टिनेन्टल प्रा.लि.ओटो फोनको लागि नेपालको एकमात्र आधिकारीक विक्रेता हो । ओटो फ्र्यान्कको बजार मूल्य ९ हजार ९ सय ९६ रुपैयाँ राखिएको छ ।