‘स्काईवर्थ वल्र्डकप अफर’ «

‘स्काईवर्थ वल्र्डकप अफर’

केएल दुगड समूहअन्र्तगतको स्मार्ट अप्लाइन्सेस कम्पनीले ‘स्काईवर्थ वल्र्डकप अफर’ सञ्चालनमा ल्याएको छ । फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले स्काईवर्थका विभिन्न टेलिभिजनहरूको खरिदमा २५ प्रतिशतसम्म छुटको योजना अगाडि सारेको जनाएको छ । कम्पनीले नेपाली बजारमा बिक्री गरिरहेको गुगल एन्ड्रोइड, स्मार्ट, एलइडी र ४के यूएचडी टेलिभिजनमा विशेष क्यसब्याक अफर ल्याएको भन्दै कम्पनीले यस योजनामा ग्राहकले २५ प्रतिशतसम्म नगद (फिर्ता) छुट पाउने बतायो ।
नेपाली उपभोक्ताको मुख्य रोजाइमा रहेको यस ब्रान्डका गुगल एन्ड्रोइड, स्मार्ट, एलइडी र ४ के यूएचडी टिभीको खरिदमा कम्पनीले २५ प्रतिशतसम्म छुट दिने भन्दै स्काईवर्थका इलेक्ट्रोनिक्स घरायसी सामानहरू नेपाली बजारमा निकै चर्चित रहेको दाबी पनि गरेको छ कम्पनीले नजिकिँदै गरेको विश्वकप २०१८ आफ्नै घरमा बसेर टेलिभिजनमा हेर्ने उपभोक्तालाई मध्यनजर गर्दै यो योजना ल्याएको हो ।

 

प्रतिक्रिया दिनुहोस्