साउथ चाइना सीमा चीनको पहिलो लडाकु विमान «

साउथ चाइना सीमा चीनको पहिलो लडाकु विमान

चीनले पहिलो पटक दक्षिण चीन सागरको विवादित द्वीपमा लडाकु विमान उतारेको छ । चीनको यो कामबाट क्षेत्रमा तनाव बढ्ने र अस्थिरता आउने चेतावनी अमेरिकाले दिएको छ । दक्षिण चीन सागरको विषयलाई लिएर अमेरिका र चीनबीको सम्बन्ध तनावपूर्ण रहदै आएको छ । चीनले पहिलेनै यो मामिलालाई लिएर हस्तक्षेप नगर्नका लागि अमेरिकालाई आग्रह गरिसकेको छ ।
चीनको वायुसेनाले हालैमात्र आफुले दक्षिण चीन सागरको द्वीपमा एच–६ समेत लडाकु विमान उतारेको पुष्टि समेत गरिसकेको छ ।
यो अभ्यासबाट वायुसेनाले देशको कुनैपनि भू–भागमा कुनै पनि समय लडाकु विमान उतार्न सक्ने योग्यता हासिल गरेको चिनियाँ सेनालाई हवाला दिँदै हङकङको साउथ चाइना पोस्टले उल्लेख गरेको छ ।
सैन्य विशेषज्ञ वाङ मिनलियाङले बम्बर्षकको अवतरण र उडान अभ्यास समुद्रको कुनै पनि किसिमको खतरासँग जुझ्नका लागि कारगर प्रमाणित भएको बताएका छन् ।
चीनको सरकारी अखबारले शुक्रबारको ट्वीटरमा एक भिडियो सेयर गरेको थियो । उक्त सेयरमा एच–६ के बम्बरको द्वीपमा अवतरण र उडान भरेको देखाइएको थियो ।
वासिङटनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका बोनी ग्लेजरका अनुसार चीनले बुडी द्वीपमा आफ्नो एच–६ के बम्बरलाई उतारेको थियो ।
“मलाई लागेको छ कि चीनले पहिलो पटक दक्षिण चीन सागरमा बम्बर उतारेको छ । अब चीनले छिट्टैनै सप्रैटली द्वीपमा पनि बम्बर उतार्नेमा कुनै शंका छैन,” उनले बताए ।
पेन्टानका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल क्रिष्टोफर लोगानले भनेका छन्,“चीनको यो अभ्यासले उ दक्षिण चीन सागरमा लगातार सैन्यकरण गरिरहेको छ ।” यो क्षेत्रमा तनाब बढ्ने उनले बताए । यसै वर्षको फेब्रुअरीमा अमेरिकी नेभीका एक अधिकारी टिम हकिन्सले भनेका थिए कि अमेरिका साउथ चाइना सीको प्रत्येक क्षेत्रमा तैनाथ रहने र अमेरिकालाई अन्तर्राष्ट्रिय नियमका अनुसार यो अनुमती मिलेको छ ।
अमेरिकाले कहिलेपनि यो क्षेत्रमा दावेदारी प्रस्तुत नगर्ने तर क्षेत्रको समुद्रमा जहाज आउने जाने स्वतन्त्रताको समर्थन गर्ने जनाएको छ । चीनले अमेरिकामाथि यो क्षेत्रमा अवैध रुपमा प्रवेश गरेको आरोप लगाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्