Logo

साइकलबाटै २० देशको भ्रमण

विश्व साइकल यात्री अनिश ढकालको समूहका निर्मल बराल र दिलिप क्षेत्रीले साइकलबाट विश्वका २० वटा मुलुकको भ्रमण गरेका छन् । २०७२ सालको भूकम्पपश्चात् विश्वभर नेपालको प्रवद्र्धन गर्ने उद्देश्यका साथ अनिशको समूहले ‘प्रोमोटिङ नेपाल एण्ड एड्भोकेटिङ इन्भाइरोमेन्टलिज्म एण्ड पिस’ भन्ने नाराका साथ २० देशको भ्रमण गरेका हुन् ।
उनले भारत, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्याण्ड, लाओस, कम्वोडिया, भियतनाम, बु्रनाई सिंगापुर, मलेसिया, ताईवान, साउथ कोरिया, इजरायल, चिलि, अर्जेन्टिना, बोलिभिया, ब्राजिल र संयुक्त राज्य अमेरिकाको साईकलवाट भ्रमण गरेका छन् ।
विश्व साइकल यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अनिशले विश्वका विभिन्न देशमा साइकल यात्रीका रुपमा आफू पुग्दाको अनुभवहरु सुनाएका थिए । साइकल यात्राका क्रममा लाओस, ताईवानलगायतका देशको यात्रा रोमाञ्चक रहेको बताउँदै उनले आफ्नो यात्राको क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । यात्राको क्रममा नेपालको झण्डा र बुद्धको प्रचार–प्रसार गरेको उनले बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले साईकल यात्रा चुनौतीपूर्ण रहेको बताउँदै अवको यात्रामा नेपालको पर्यटन प्रवद्र्धनका लागि जिम्मेवारीपूर्ण ढंगले अगाडि बढ्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्