प्रदेश–३ का ३३ प्रतिशत वडा स्वास्थ्य संस्थाविहीन «

प्रदेश–३ का ३३ प्रतिशत वडा स्वास्थ्य संस्थाविहीन

हेटौंडा- ३ नम्बर प्रदेशका ३३ प्रतिशत वडाहरू अझै स्वास्थ्य संस्थाविहीन रहेको तथ्याङ्कले देखाएको छ । सरकारले एक वडा एक स्वास्थ्य संस्थाको अभियान ल्याएको बेला केन्द्रीय राजधानी रहेकै प्रदेशमा भने सहज स्वास्थ्यको पहुँचबाट धेरै नागरिक टाढा रहेको देखिएको हो ।३ नम्बर प्रदेशका ३३ प्रतिशत वडाहरू अझै स्वास्थ्य संस्थाविहीन रहेको तथ्याङ्कले देखाएको छ । सरकारले एक वडा एक स्वास्थ्य संस्थाको अभियान ल्याएको बेला केन्द्रीय राजधानी रहेकै प्रदेशमा भने सहज स्वास्थ्यको पहुँचबाट धेरै नागरिक टाढा रहेको देखिएको हो ।प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रदेशको प्रारम्भिक प्राश्र्वचित्रअनुसार तीन नम्बर प्रदेशमा जम्मा ८ सय ९८ वटा मात्र स्वास्थ्य संस्थाहरू रहेका छन् । जसमा २७ वटा सरकारी अस्पताल, ४२ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ सय ४२ वटा स्वास्थ्य चौकी, एक सय १ वटा नगर स्वास्थ्य चौकी र ८६ वटा सामुदायिक स्वास्थ्य ईकाई रहेका छन् । ३ नम्बर प्रदेशको १३ वटा जिल्लामा एक सय १९ वटा स्थानीय तहमा एक हजार १ सय २२ वटा वडाहरू रहेका छन् । प्रदेशमा अझैपनि २० प्रतिशत ब्यक्तिहरू परिवार नियोजनको पहुंचभन्दा टाढा रहेको मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख सतिश बिष्टले जानकारी दिए ।  सामाजिक विकास मन्त्रालयले तीन नम्बर प्रदेशको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा महिला विकासको अवस्थालाई समेटेर बिहीबार प्रारम्भिक पाश्र्वचित्र सार्वजनिक गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको प्रारम्भिक तथ्याङ्क समेटिएको पुस्तिका विमोचन गरेका हुन् । प्रारम्भिक पाश्र्वचित्रअनुसार प्रदेशको ५ वर्षभन्दा माथिको जनसंख्यामध्ये ७१ प्रतिशत सारक्ष रहेका छन् । ५५ लाख २९ हजार जनसंख्या रहेको यो प्रदेशमा कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या बसोबास गर्ने उल्लेख गरिएको छ । कुल जनसंख्याको ५३ प्रतिशत आदिवासी जनजाति रहेको यो प्रदेशमा ब्राम्हण क्षेत्री समुदायको बसोबास ३७ प्रतिशत रहेको छ । २०६८ सालको जनगणनालाई आधार मानेर तयार पारिएको तथ्याङ्क अनुसार यस प्रदेशमा ८० भन्दा बढी भाषाहरू बोलिन्छन् भने नेपाली, तामाङ र नेवारी भाषा बोल्ने समुदाय बढी रहेका छन् । प्रारम्भिक प्राश्र्वचित्र सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरू कुन अवस्थामा रहेका छौं भन्ने कुरा तथ्याङ्कले बताउने भन्दै विकासमा अघि बढ्न यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे । महिला बालबालिका, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रको आधिकारिक तथ्याङ्क अपडेट गर्नुपर्नेमा उनको जोड थियो । सामाजिक विकास मन्त्री युवराज दुलालले बिना तथ्याङ्क भाषण मात्र गरेर अघि बढ्न नसकिने भन्दै आफ्नो क्षेत्रको आधिकारिक तथ्याङ्क खोज्ने प्रयास गरिएको बताए । तथ्याङ्ककै आधारमा विभिन्न क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो । सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल सुविधा सम्पन्न बनाउनेदेखि बालविवाहमुक्त प्रदेश बनाउनेसम्मका योजना ल्याएको दुलालले जानकारी दिए । हाल सञ्चालित बालगृहमा सबैभन्दा बढी बाल अधिकार हनन् भइरहेको दावी गर्दै दुलालले बालगृहलाई बालबालिका संरक्षण केन्द्रमा परिणत गर्ने प्रतिवद्धता व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्