नेपाल क्रेडिट एन्ड कमर्स बैंक र एभरेस्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता «

नेपाल क्रेडिट एन्ड कमर्स बैंक र एभरेस्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

नेपाल क्रेडिट एन्ड कमर्स बैंक र एभरेस्ट इन्स्योरेन्सबीच बंैकासुरेन्स सम्झौता भएको छ ।
उक्त सम्झौतामा बिहीबार नेपाल क्रेडिट एन्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे । यस सम्झौताअन्तर्गत एनसीसी बैंकका सम्पूर्ण ग्राहकहरूले बिमा शुल्क भुक्तानी गर्न, बिमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रूपमा एभरेस्ट इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले एभरेस्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बिमालेखहरू एनसीसी बैंकका सम्पूर्ण शाखाहरूमार्फत उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्