एप्पल वल्र्ड मोबाइलमा नयाँ मोबाइल साट्ने अफर «

एप्पल वल्र्ड मोबाइलमा नयाँ मोबाइल साट्ने अफर

दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लान चाहनेहरूका लागि एक्स्चेञ्ज अफर सुरु गरेको छ ।
यस अघिका अफरहरूमा ग्राहकको उत्साहजनक उपस्थिति देखिएको भन्दै एप्पल वल्र्डले २ साताका लागि एक्सचेञ्ज अफर सुरु गरेको जनाएको छ । यसबाट मोबाइल सट्टापट्टा गर्न चाहनेहरूलाई सजिलो हुने विश्वास लिइएको छ ।
जेठ ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने अफरअन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने एप्पल वल्र्ड मोबाइलका प्रबन्धनिर्देशक अलाइभ ग्लाइडरले बताए । अफरअन्तर्गत जुनसुकै ब्रान्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टापट्टा गर्न सकिनेछ । पुरानो स्मार्टफोनको उचितमूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको व्यवस्था गरिएकोे एप्पल वल्र्ड मोबाइलका निर्देशक संगम राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्