नेपाल ट्रेड समिट सुरु «

नेपाल ट्रेड समिट सुरु

विशेषगरी स्टिल, सिमेन्ट र ऊर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायीहरू एवं सरोकारवालाहरूलाई एउटै साझा थलोमा ल्याई व्यावसायिक अन्तक्र्रिया गराउने उद्देश्यले बिहीबार तथा शुक्रबार होटल सोल्टी, काठमाडौंमा नेपाल ट्रेड समिटको आयोजना भएको छ । नेपाल, भारतलगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल उद्योगीहरू, सिमेन्ट र ऊर्जा उत्पादकहरूको विशेष सहभागिता रहेको यस कार्यक्रममा ३ सयभन्दा बढी प्रतिनिधिहरू, २५ भन्दा बढी प्रदर्शनकर्ता छन् । बिहीबार साँझ प्राविधिक सत्र भएको छ भने शुक्रबार बिहान ८ः३० बजे अर्थमन्त्री डा. युवराज खतिवडाले प्रमुख अतिथिका रूपमा समिटको औपचारिक उद्घाटन गर्नेछन् । नेपालका प्रतिष्ठित उद्योगीहरू प्रदीप कुमार श्रेष्ठ (उपाध्यक्ष क्यासी), हरि भक्त शर्मालगायत लगानी बोर्डका कार्यकारी महाप्रसाद अधिकारी त्यसैगरी भारतीय तथा अन्य देशका प्रतिष्ठित प्रतिष्ठानहरूका प्रतिनिधीहरूबाट कार्यपत्र प्रस्तुत गर्नेछन् ।
त्यसैगरी कार्यक्रममा नेपाली प्रतिष्ठित युवा व्यवसायीहरू युवा वक्ताका रूपमा रहेका छन् । स्टिलमिन्ट इभेन्टस् इन्डियाले आयोजना गरेको यस कार्यक्रममा नेपाल र छिमेकी मुलुकका स्टिल, सिमेन्ट र ऊर्जा क्षेत्रका औद्योगिक विकासबारे बुझ्ने र चीन तथा अन्य मुलुकहरूबाट प्राप्त हुन सक्ने कच्चा पदार्थको मूल्यांकन, यस उद्योग क्षेत्रमा नयाँ अवसरहरूका बारेमा बुझ्ने, भावी दिनमा हुने कच्चा पदार्थको माग र आपूर्तिको अवस्थाबारे जान्ने, निर्माण क्षेत्रका समस्यालाई सम्बोधन गर्ने लगायत यस क्षेत्रको प्राबिधिक ज्ञानकाबारे जानकारी गराइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्