Logo

जथाभावी विषादी बिक्री

रुकुम पश्चिमका एग्रोभेट व्यवसायीले बजारमा जथाभावी रूपमा विषादी बिक्री हुने गरेकोले त्यसको अनुगमन र समस्या समाधानको माग गरेका छन् । नियमित बजार अनुगमनको अभावमा विभिन्न थोक तथा किराना पसल, खाद्यान्न पसल र औषधि पसलबाट विषादी बिक्री हुने गरेको व्यवसायीले बताएका छन् । रुकुम उद्योग वाणिज्य संघमा बुधबार भएको एग्रोभेट तथा बीउ व्यवसायीसँगको अन्तक्र्रिया कार्यक्रममा एग्रोभेट व्यवसायीले यस्तो गुनासो गरेका हुन् । किसानका लागि उन्नत बीउ बीजन कार्यक्रम र कृषि उद्यम केन्द्र जिल्ला लगानीद्वार कार्यालयले एग्रोभेट तथा बीउ व्यवसायीबीच भएको अन्तक्र्रिया कार्यक्रममा गुणस्तरिय बीउ उत्पादन र मूल्यको एकरुपताबारे छलफल भएको थियो । कृषकमा इमान्दारिता र बीउमा शुद्धता भएमा एग्रोभेट व्यवसायीले यहाँका किसानले उत्पादन गरेको बीउ सजिलै खरिद गर्न सकिने साइकुमारी एग्रोभेट सेन्टर मुसिकोटका नवराज केसीले बताए । उत्पादन गरेको बीउको मूल्यमा एकरुपता ल्याउन जरुरी रहेको ज्ञवाली एग्रोभेट सेन्टरका कमल ज्ञवालीले बताए । कार्यक्रममा व्यवसायीले जिल्लास्तरमा एग्रोभेट तथा बीउ व्यवसायीको संगठन जरुरी रहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्