यूएस ब्रान्ड ह्विलपुलका सामान नेपाली बजारमा «

यूएस ब्रान्ड ह्विलपुलका सामान नेपाली बजारमा

ह्विलपुल कर्पोरेसनका उत्पादन नेपाली बजारमा आएको छ । काठमाडौँस्थित केरोना ट्रेडलिङसँगको सहकार्यमा यूएस ब्रान्डका घरायसी सामानहरू बजारमा आएको हो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ह्विलपुल कार्पोरेसन र ट्रेडलिङबीचको सहकार्यको घोषणा गरिएको कम्पनीले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ह्विलपुल थ्रीडी इन्भर्टर एयर कन्डिसन सार्वजनिक गरे । यससँगै इन्भटर, एसि, डिप फ्रिज, माइक्रो ओभन, वासिङ मेसिनलगायतका सामानहरू बजारमा आएको छ ।
यी सामान सस्तो र गुणस्तरीय रहेका कारण उपभोक्ताहरूले मन पराउने केरोना ट्रेडलिङकी एमडी बेबी दाहाल र सीईओ प्रनिल थापाले बताए । कार्यक्रममा नेपाली कांग्रेसका युव नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापा, राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिमल्सिना, बैंकर्स अनिल शाह, कलाकारहरू झरना थापा, निर्मल शर्मा, आकाश अधिकारीका साथै उद्योगी व्यवसायीको पनि उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्