महिन्द्रा गस्टो आर एस बजारमा «

महिन्द्रा गस्टो आर एस बजारमा

अग्नि ग्रुपको सहायक कम्पनी तथा महिन्द्रा टु ह्विलरको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले नेपाली बजारमा नयाँ गस्टो आरएस प्रस्तुत गरेको छ । महिन्द्रा गस्टोे आरएस विभिन्न रंगहरुको संयोजनका साथ उपलब्ध छ । स्पोर्टी बडी ग्राफिक्सको साथ रातो र सेतो रंगका साथै नीलो र सेतो रंगको अत्यन्त आकर्षक संयोजन गरिएको छ । यान्त्रिक रुपमा, स्कुटरमा १०९.६ सिसिको सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिन जसले ८ बिएचपीको पावर र ९ एनएम को पिक टर्ग दिन्छ । १२ इन्च टायरको सथामा १६५ एमएम को ग्राउन्ड क्लियरन्स जुनयस सेग्मेन्टमा धेरै हो । साथै, यसमा ६ लिटरको इन्धन स्टोरेज क्षमता रहेको छ । डिस्प्ले प्यानलमा सरल तथा छिटो पहुँचका लागि आर्कषक फन्ट स्टोरेज पनि राखिएको छ । गस्टो आर एस स्कुटर अझ धेरै स्टाइलिस, अझ धेरै सहज, अझ धेरै सुविधा र आकर्षक रुपमा प्रस्तुत गरिएको । नेपाली बजारमा प्रबद्र्धनात्मक मूल्य १ लाख ६७ हजार ५ सय रुपैयाँ तोकिएको कमपनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्