एनसेलको नयाँ भ्वाइस सेवा थप सस्तियो

एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस कहरु ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकले अब अझै सुलभ दरमा भ्वाइस सेवा लिन सक्छन् । नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७ सय मिनेटसम्मको भ्वाइस सेवा प्रयोग गर्नसक्ने कम्पनीले जनाएको छ । नयाँ भ्वाइस प्याकहरु बिहीवारदेखि ९० दिनको लागि सञ्चालनमा आएको जनाएको छ । यी नयाँ प्याकहरु अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकताअनुसार दैनिक, साप्ताहिक तथा मासिक प्याकहरु सुचारु गर्न सक्छन् । साथै ग्राहकले अब तीनदिने भ्वाइस प्याक पनि सुचारु गर्न सक्छन् ।
दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित १५ रुपैयाँमा २० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । साप्ताहिक भ्वाइस प्याकमा करसहित ७० रुपैयाँमा १२० मिनेट टक टाइम लिन सक्छन् । त्यसैगरी ग्राहकले ३० रुपैयाँमा ५० मिनेट टकटाईम रहेको तीनदिने भ्वाइस प्याक खरिद गर्न सक्छन् । नयाँ मासिक भ्वाइस प्याकमा ग्राहकले ३ सय रुपैयाँमा ७ सयमिनेट टक टाइम प्राप्त गरी ४३ पैसा प्रतिमिनेटको दरमा भ्वाइस सेवा लिनसक्ने जनाएको छ । दैनिकभ्वाइस प्याकको समयावधि २४ घण्टाको रहेको छ । त्यस्तै, साप्ताहिक भ्वाइस प्याकको समयावधि ७ दिन, तीनदिने प्याकको ३ दिन र मासिक भ्वाइस प्याकको ३० दिन रहेको छ । प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क नै लागू हुनेछ । विद्यमान शुल्कअनुसार एनसेल नेटवर्कभित्र कलगर्दा करसहित २ रुपैयाँ ५० पैसा प्रतिमिनेट शुल्क लाग्दछ । भ्वाइस प्याकअन्तर्गतका टक टाइम एनसेल नेटवर्कभित्र मात्र लागू हुनेछ । “ग्राहकलाई थप सुविधा प्रदान गर्दैै आधारभुत भ्वाइस सेवामा चार नयाँ प्याकहरु ल्याउन पाउँदा हामी निकै हर्षित छांै,’’ एनसेलका कर्पोरेट सर्भिसेज निर्देशक प्रणय आचार्यले भने, “सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्घताअनुरुप यी प्याकहरु ल्याइएको होे ।”
एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी प्राप्तजानकरी अनुसार आफ्नो आवश्यकताबमोजिमको भ्वाइस प्याक सुचारु गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ । आईभीआरमार्फत यो सेवा सुचारु गर्नका लागि १७११८ डायल गरी प्राप्तजानकारी अनुसार सेवा सुचारु गर्न सकिन्छ ।