नदीमा तटबन्ध बनाउन भारतको १८ करोड «

नदीमा तटबन्ध बनाउन भारतको १८ करोड

  बागमती, लालबकैया र कमला नदी नियन्त्रण तथा तटबन्ध निर्माणका लागि भारत सरकारले नेपाललाई १८ करोड ७ लाख रुपैयाँ बराबरको अनुदान उपलब्ध गराएको छ ।
बाढीका कारण बर्सेनि डुबानमा पर्ने क्षेत्र संरक्षणका लागि भन्दै भारतले जलउत्पन्न प्रकोप व्यवस्थापन विभागलाई अनुदान उपलब्ध गराएको हो । बर्सेनि आउने बाढीका कारण खेतीयोग्य जमीन बगाउनुका साथै जनधनको समेत क्षति भइरहेको बेला मंगलबार भारतीय राजदूत मञ्जिव सिंह पुरीले उक्त रकम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव डा. संजय शर्मालाई हस्तान्तरण गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको उपस्थितिमा भएको कार्यक्रममा राजदूत पुरीले नदी नियन्त्रण तथा तटबन्धले डुबानको समस्या समाधानका साथै कृषि उत्पादनमा समेत सुधारका लागि सहयोग पुग्ने बताए ।

७ वटै प्रदेशमा ठूला आयोजना बनाउँछौ : मन्त्री

 ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सातवटै प्रदेशमा ठूला जलविद्युत् आयोजना बनाउने बताएका छन् ।
आफूलाई सिंहदरबारमा भेट्न आएका प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिमसेती आयोजना अगाडि बढाउन पहल गरिदिन आग्रह गरेपछि मन्त्री पुनले सातवटै प्रदेशमा ठूला (मेगा) आयोजना बनाउन लागेको जानकारी दिएका हुन् । उनले सरकारको योजनाअनुसार प्रदेश ७ मा पनि एउटा ठूलो आयोजना बन्ने बताए । मन्त्री पुनले पश्चिमसेती जलविद्युत् आयोजनालाई अगाडि बढाउन संघ सरकार सकारात्मक रहेको र त्यसका लागि अध्ययन भइरहेको बताए । सिँचाइ, जलविद्युत्सँग सम्बन्धित केही अधिकार संविधानले नै ग्यारेन्टी गरेको उल्लेख गर्दै मन्त्री पुनले संघ र प्रदेश सरकारबीच समन्वय गरेर आयोजना अगाडि बढाइने बताए ।
मन्त्री पुुनसँगको भेटमा मुख्यमन्त्री भट्टले प्रदेश ७ मा जलविद्युत्का थुुप्रै सम्भावना रहेकाले प्रदेश सरकार संघसँग समन्वय र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । मुुख्यमन्त्री भट्टले लामो समयदेखि चर्चामा रहेको पश्चिमसेती जलविद्युत् आयोजना जुुनसुुकै मोडालिटीमा भए पनि अघि बढाइदिन मन्त्री पुुनसँग आग्रह गरेका थिए । यसैगरी, कर्णाली नदीबाट सुविधासम्पन्न नहर निर्माण गरेर सिँचाइ सुुविधा पुु¥याउने उद्देश्यले निर्माणाधीन रानीजमरा सिँचाइ आयोजनाको काम द्रुत गतिमा अगाडि बढाइ दिन पनि उनले आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्