२०१८ विश्वकप फुटबलका लागि कोकाकोला एन्थम सार्वजनिक «

२०१८ विश्वकप फुटबलका लागि कोकाकोला एन्थम सार्वजनिक

फिफा विश्वकप–२०१८ का लागि कोकाकोलाले आफ्नो कोकाकोला प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक गरेको छ । यो गीत अमेरिकी पपस्टार जेसन डेरुलोले लेखन तथा गायन गरेका हुन् । उनको यो संगीतले विश्वकपमा नयाँ एक्साइटमेन्ट प्रदान गर्नेछ । जेसन डेरुलो एक विश्व प्रसिद्ध पप गायक हुन् ।
उनले यो अफिसियल भिडियो ‘कलर्स’ छाँयाकनको क्रममा आफ्नो जन्मभूमि हाइटी पुगेर तयार गरेका हुन् । यो गीत फिफा विश्वकपको २०१८ लागि कोकाकोला एन्थम छ । भिडियो रिलिज हुनुका साथै यस गीतका लेखक तथा गायक जेसन डेरुलोले शोसल मिडियामा आफ्नो भिडियो हाल्दै लेखेका छन्, मैले यो गीत लेख्दा आफ्नो दिमागमा एकताको विचार गर्दै लेखेको हुँ ।
यसमा रहेका शब्दहरूले विविधताको प्रशंसा गर्दै सँगै अगाडि बढ्ने सन्देश झल्काउँछ । यसको सन्देश के हो भने हातमा आफ्नो देशको झन्डा बोकेर आफ्नो देशको प्रतिनिधित्व गर्नु हो । विश्वकप भनेको मनोरञ्जन गर्ने समय हो, सबै मिलेर रमाइलो गर्दै आफूलाई मनपर्ने टिमको सपोर्ट गर्दै यस पललाई रमणीय बनाउनु हो । कोकाकोला विगत ४० वर्षदेखि फिफा विश्वकप फुटबलसँग जोडिदै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्