स्वास्थ्य बिमा गर्नेमा कास्केली अगाडि

सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममा कास्केलीहरूको सहभागिता उत्साहजनक देखिएको छ । गत आर्थिक वर्ष ०७३÷७४ मा सरकारले कार्यक्रम सञ्चालन गरेको १५ जिल्लामध्ये कास्की जिल्ला अगाडि देखिएको हो । सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममा कास्केलीहरूको सहभागिता उत्साहजनक देखिएको छ । गत आर्थिक वर्ष ०७३÷७४ मा सरकारले कार्यक्रम सञ्चालन गरेको १५ जिल्लामध्ये कास्की जिल्ला अगाडि देखिएको हो । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको तथ्यांक अनुसार कास्कीका ४१ हजार ५९६ मानिस स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् । ४ लाख ९२ हजार ९८ जनसंख्या रहेको उक्त जिल्लाका ८ दशमलव ४५ प्रतिशत मानिस स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् । १५ जिल्लामध्ये जनसंख्याको आधारमा कास्की जिल्ला तेस्रो स्थानमा रहेको छ । तर, कुल जनसंख्यामध्ये बिमा गर्ने जनसंख्याको प्रतिशतको आधारमा भने दोस्रोमा परेको छ । त्यस्तै, पाल्पामा ३९ हजार ६ सय ९९ मानिसले बिमा कार्यक्रममा सहभागिता जनाएका छन् । २ लाख ६१ हजार १८० जनसंख्या रहेको उक्त जिल्लाका करिब १५ प्रतिशत जनसंख्याले बिमा कार्यक्रमको सदस्यता लिएका छन् । बसोबास गर्ने जनसंख्याका आधारमा पाल्पा १० औ स्थानमा रहेको छ । तर, कुल जनसंख्यामध्ये बिमा कार्यक्रममा सहभागी हुन जनसंख्याको प्रतिशतको आधारमा भने सबैभन्दा अगाडि छ । साथै चितवन जिल्लाका ३५ हजार ७ सय ४३ मानिसले बिमा कार्यक्रममा सहभागिता जनाएको तथ्यांकले देखाएको छ । उक्त जिल्लामा ५ लाख ७९ हजार ९८४ जनसंख्या रहेका छन् । जसमध्ये ६.१६ प्रतिशतले बिमा कार्यक्रमको सदस्यता लिएका छन् । कास्की, पाल्पापछि सबैभन्दा धेरै सहभागी भएको जिल्लामध्ये चितवन तेस्रोमा परेको छ । तर, जनसंख्याको आधारमा भने चितवन दोस्रोमा पर्छ । कुल जनसंख्यामध्ये बिमा गराउने जनसंख्याको प्रतिशतका आधारमा भने चितवन तेस्रोमा परेको छ । बिमा कार्यक्रममा सबैभन्दा कम सहभागी हुने जिल्लामा अछाम, जाजरकोट र बैतडी परेका छन् । उक्त जिल्लाहरू जनसंख्याको आधारमा पनि पछाडी रहेका छन् । २ लाख ५७ हजार ४ सय ७७ जनसंख्या रहेको अछाम जिल्लाका १ हजार ७ सय ८८ जनसंख्या बिमा कार्यक्रममा सहभागी भएका छन् । यो संख्या कुल जनसंख्याको ०.६९ प्रतिशत हो । बसोबास गर्ने जनसंख्याको आधारमा यो जिल्लामा ११ स्थानमा छ भने बिमा गराउने जनसंख्याका आधारमा १५ औं स्थानमा छ । त्यस्तै, बिमा गराउने जनसंख्याका आधारमा जाजरकोट १४ औं स्थानमा छ भने बसोबास गर्ने जनसंख्याको आधारमा १३ औं स्थानमा छ । १ लाख ७१ हजार ३ सय ४ जनसंख्या रहेको उक्त जिल्लाका २ हजार ९ सय २९ मानिस बिमा कार्यक्रमा सहभागी भएका छन् । बैतडीका ३ हजार १ सय ४० मानिसले बिमा कार्यक्रमको सदस्यता लिएका छन् । उक्त जिल्लामा २ लाख ५० हजार ८ सय ९८ जनसंख्या रहेको छ । कुल जनसंख्यामध्ये करिब १.२५ प्रतिशत जनता स्वास्थ्य बिमा सहभागी भएका छन् । कुल जनसंख्याको करिब १ प्रतिशत सहभागीसरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम नेपालको कुल जनसंख्या करिब ०.८६ प्रतिशत नागरिक सहभागी भएका छन् । राष्ट्रिय जनगणना, २०६८ लाई आधार मानी हेर्दा करिब १ प्रतिशत मानिसले बिमाको सदस्य लिएको देखिएको छ । समितिको तथ्यांकअनुसार गत आवको अन्त्यसम्ममा २ लाख २८ हजार ११३ जना व्यक्ति कार्यक्रममा सहभागी भएका छन् । त्यस्तै, ५० हजार ९ सय २१ घरधुरी बिमा कार्यक्रममा सहभागी भएका छन् । गत आवमा ६ करोड १३ लाख बिमाशुल्क संकलनस्वास्थ्य बिमाबापत गत आवमा ६ करोड १३ लाख रुपैयाँ बिमाशुल्क (योगदान रकम) संकलन भएको छ । समितिका अनुसार गत आवमा स्वास्थ्य बिमा सञ्चालन भएको १५ जिल्लाबाट उक्त रकम संकलन भएको हो । अघिल्लो आवमा भने २० लाख ९० हजार रुपैयाँ संकलन भएको थियो । त्यस्तै, सो अवधिमा समितिले १ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । तथ्यांकअनुसार बिमा कार्यक्रममा सहभागी भएका व्यक्तिहरूले २२ हजार २२८ पटक स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य उपचार सेवा लिएबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले १ करोड ९७ लाख रुपैयाँ दाबी गरेको समितिले बताएको छ । तर, १३ लाख २० हजारको दाबी नियमसंगत नभएपछि समितिले भुक्तानी गर्न अस्वीकार गरेको हो । धेरै स्वास्थ्य संस्था भएका क्षेत्रमा बिमा प्रभावकारीसुविधा सम्पन्न स्वास्थ्यप्रदायक संस्था भएका जिल्लामा स्वास्थ्य बिमा सबैभन्दा बढी प्रभावकारी देखिएको छ । बिमा कार्यक्रमअनुसार विमितले समितिले सम्झौता गरेका संस्थामा मात्रै उपचार गर्न पाउनेछन् । समितिले उपचारका लागि सरकारी स्वास्थ्य संस्थालाई बढी प्राथमिकता दिएको छ । त्यसैले स्वास्थ्य संस्था पर्याप्त र सुविधा सम्पन्न भएका जिल्लाका मानिसहरू बिमा प्रति आकर्षित भएको तथ्यांक देखाएको छ । तुलनात्मक रूपमा कास्की, पाल्पा र चितवनमा धेरै स्वास्थ्य संस्था छन् । त्यसैले सो स्थानका बासिन्दाहरू स्वास्थ्य बिमा बढी सहभागी भएको हुन सक्ने समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले बताए ।बिमाका चुनौती, कमजोर स्वाथ्य सेवा प्रणालीसरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत बिमाबापत एउटा परिवारले वार्षिक २५ सय रुपैयाँ भुक्तानी गर्नुपर्छ, जसबापत विमितले वर्षभरि ५० हजार रुपैयाँबराबरको स्वास्थ्यसेवा पाउँछन् । उपचारको लागि सरकारी स्वास्थ्य संस्थालाई प्राथमिकतामा राखिएको छ । तर, यस्ता स्वास्थ्य संस्थाको उपचार सेवा प्रणाली एकदम कमजोर रहेको छ । ग्रामीण भेगमा स्वास्थ्य संस्था नै छैनन् । भए पनि विज्ञ डाक्टर, नर्स, उपकरण र औषधीको अभाव छ । त्यसैले बिमा कार्यक्रममा सहभागी भएपछि यस्ता संस्थामा उपचार गराउन जो कोही हिचकिचाउँछन् । त्यसैले पनि मानिसहरू यसप्रति आकर्षित नभएको सरोकारवालाहरू बताउँछन् । सहरी क्षेत्रको हकमा भने सरकारी स्वास्थ्य संस्थाको उपचार प्रक्रिया अत्यन्त अस्तव्यस्त छ । सामान्य चेकअपका लागि पनि दिनभर लाइनमा बस्नुपर्ने बाध्यता छ । आजको समयमा मानिसहरू अलिकति बढी शुल्क भुक्तानी गरेर भए पनि छिटो र सहज उपचार सेवा चाहन्छन् । यस्तो अवस्थामा सरकारी स्वास्थ्य संस्थाको उपचार प्रणालीप्रति मानिसहरू आकर्षित हुन नसकेको देखिन्छ । १५ जिल्लाका जनसंख्या र सहभागी संख्या क्षेत्र कुल जनसंख्या सहभागी जनसंख्या